२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माओवादी केन्द्रीय समितिमा एमसीसी बहस



काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा विभिन्न ६ वटा एजेण्डा तय भएको छ ।

तय भएका एजेण्डाहरुमा पहिलो नम्बरमा शहीदप्रति श्रद्धाञ्जली दिइने उल्लेख छ भने दोस्रो नम्बरमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकातर्फबट रिर्पाटिङ गर्ने र अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौताबारे छलफल गर्ने उल्लेख छ ।

यस्तै एमसीसी अनुमोदन गर्न पार्टीले सघाएको विषयलाई लिएर माओवादीभित्र बहस र अन्तरविरोध भइरहेका बेला केन्द्रीय समितिको बैठकमा यसलाई प्राथमिकतामा राखिएको माओवादी नेताहरुले बताएका छन् । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठलगायतले एमसीसीको व्‍याख्यात्मक घोषणासहित पास गर्ने पार्टीको निर्णयमै अहसमत जनाएका थिए ।

प्रतिनिधिसभाबाट व्‍याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन भएपछि पनि काजीसहितका नेताहरुले पार्टीले गलत गरेको भनी पार्टीमा छलफलको माग राखेका थिए । सोही कारण जारी केन्द्रीय किमटीको बैठकमा एमसीसीले पहिलो प्राथमिकता पाएको माओवादी केन्द्रका नेताहरु बताउँछन् ।

एजेण्डाको तेस्रो नम्बरमा संगठनात्मक कामबारे छलफल हुने उल्लेख छ जहाँ महाधिवेशनबाट टुंगो लाग्न बाँकी रहेका महासचिवसहितका पदाधिकारी चयन, केन्द्रीय सदस्य थप, पोलिटब्यूरो, स्थायी समितिबारे छलफल हुनेछ ।

एजेण्डाको चौथो नम्बरमा कार्यविभाजनबारे छलफल गर्ने र पाँचौं नम्बरमा स्थानीय निर्वाचनको तयारीबारे छलफल गर्ने उल्लेख छ ।

एजेण्डाको छैठौं नम्बरमा विविध विषयअन्तर्गत रामवृक्ष यादवको सालिकबारे पनि छलफल हुनेछ । माओवादीको गत महाधिवेशनमै यादवको सालिक हटाएको विषयमा नेताहरुले असन्तुष्टि राखेका थिए ।

प्रकाशित मिति : २०७८, २० फाल्गुन शुक्रबार ००:००  ३ : ०० बजे