२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओखलढुंगा कांग्रेसको कोषाध्यक्षमा ताम्राकार, ४ जिल्ला सदस्य मनोनित



नेपाली कांग्रेस ओखलढुंगाको कोषाध्यक्षमा ताम्राकार, थप ४ जिल्ला सदस्य मनोनित

नेपाली कांग्रेस ओखलढुंगाको कोषाध्यक्षमा विनोद ताम्राकार मनोनित भएका छन् । शुक्रबार बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको बैठकले जिल्ला सदस्य ताम्राकारलाई कोषाध्यक्षमा मनोनित गरेको हो ।

पार्टीका पूर्व कोषाध्यक्ष समेत रहेका ताम्राकार जिल्ला अधिवेशनबाट जिल्ला कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए । कांग्रेसको नयाँ विद्यान अनुसार जिल्ला सदस्य मध्येबाटै कोषाध्यक्ष मनोनित गर्ने व्यवस्था अनुसार कोषाध्यक्ष हुने सर्तमा उनि सदस्यामा चुनाव लडेका थिए ।

कांग्रेसले संगीता तामाङ, कृष्ण खनाल, योगेश्वर अधिकारी र हरिश्चन्द्र श्रेष्ठ लाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको कांग्रेस नेता रुद्रप्रसाद अधिकारीले जानकारी दिए ।

त्यस्तै एमालेबाट कांग्रेसमा प्रवेश गरेका सिताराम दाहाललाई पनि जिल्ला कार्यसमिति सदस्यको जिम्मेवारी दिने कांग्रेसले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०७८, १८ चैत्र शुक्रबार ००:००  ९ : ०९ बजे