२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मिस्टर कञ्चनजंघाको उपाधि ओखलढुंगाका बिकास तामाङको हातमा ।



काठमाडौ । प्रदेश नम्बर १ कै सर्वाधिक राशिको मिस्टर कञ्चनजंघा बडी विल्डिङ च्याम्पियनसिपको उपाधि विकास तामाङले जितेका छन् ।

गत फागुनको २८ गते झापाको बिर्तामोड स्थित बडी ग्यारेज जिमको आयोजनामा भएको बडी विल्डिङ्ग च्याम्पियनसिपको फाइनल खेलमा २९ जना खेलाडीलाई पछि पार्दै ओभरलमा फस्ट स्टेप फिटनेस बिर्तामोडबाट सहभागी खेलाडी ट्याग नम्बर ५२ का तामाङले उपाधि हात पारेका हुन् ।

हेब्बी तर्फको ७० केजी माथी साथै ओभरल च्याम्प्यानसिप प्रतिस्पर्धामा प्रथम उपाधि बिजेता तामाङले नगद तिनलाख सहित गोल्मेडल हातपारेका थिए ।

ओखलढुंगाका बिजेता तामाङले खेलकुको माध्यमबाटै जिल्ला,प्रदेश र मुलुकलाई चिनाउने अभियानमा आफु निरन्तर अघि बढिरहने बताए ।

फोटो फाईल

प्रकाशित मिति : २०७८, २३ चैत्र बुधबार ००:००  १ : ४७ बजे