२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावमा देशभर प्रहरीसँग समन्वय गर्ने जिम्मा रामहरि खतिवडाले पाए



काठमाडौं । निर्वाचन सुरक्षा निकाय समन्वय उपसमिति संयोजकको जिम्मेवारी नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले पाएका छन् । नेपाली कांग्रेस स्थानिय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले केन्द्रीय सदस्य खतिवडालाई संयोजकमा मनोनयन गरेको हो ।

निर्वाचन प्रचार अभियानलाई स्वस्थ र मर्यादित बनाउदै स्वतन्त्र, निष्पक्ष एवं भय रहित वातावरणमा मतदान गर्न पाउने मतदाताको मौलिक हकलाई सुनिश्चित गर्न यस निर्वाचन सुरक्षा निकाय समन्वय उपसमितिको मुख्य भूमिका हुनेछ ।

मतदान स्थल, मतदान प्रकृयाका सबै चरण तथा मतगणनाको अन्तिम परिणाम घोषणा नहुन्जेल सम्मको निर्वाचनको सबै सुरक्षा व्यवस्था सुनिश्चितताका लागि सुरक्षा निकाय संग आवश्यकता अनुसार सम्पर्क समन्वय गरेर काम गर्ने संयोजक खतिवडाले बताए ।

देशभरका नेपाली कांग्रेसका मतदातालाई भय रहित, शान्ति सुरक्षा सुनिश्तिता गर्नका लागि जोड दिईने खतिवडाले बताए ।

प्रकाशित मिति : २०७९, ८ बैशाख बिहीबार ००:००  ६ : १५ बजे