२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भूमि आयोग ओखलढुंगाका अध्यक्षले जागिर छाडे, चुनाव लड्ने तयारी



ओखलढुंगा । भूमि आयोग ओखलढुंगाका अध्यक्ष अशोक कार्कीले पदबाट राजिनामा दिएका छन् । स्थानीय निर्वाचनमा लिखु गाउँपालिका अध्यक्षमा चुनावी प्रतिस्पर्धा गर्ने तयारी गर्दै भूमि आयोगबाट राजिनामा दिएका हुन् ।

नेपाली कांग्रेसका प्रभावशाली मानिने नेता कार्की केही समय अघि भूमि आयोगको अध्यक्ष नियुक्त भएका थिए ।

आयोगको काममा आफु जागिर खाएर बस्दा पार्टी संगठन निर्माण र चुनाव परिचालन कमजोर भएकाले पदबाट राजिनामा दिएको कार्कीले बताए । आफु स्थानीय निर्वाचनको दावेदार रहेको बताउँदै स्थानीय निर्वाचनमा गठबन्धन बीच तालमेल भए आगामी संघ र प्रादेशीक निर्वाचनको समेत तयारी गर्ने निचोडले भूमि आयोगबाट राजिनामा दिएको उनको भनाई छ । ‘म पार्टीको नेता हुँ, जागिर मात्रै खाएर बस्न मन लागेन त्यहि भएर राजिनामा दिएँ ।’ उनले भने, ‘टिकट पाए स्थानीय चुनाव लिखुबाट लड्छु नपाए संघ र प्रदेशका चुनाव हुँदैछन् त्यसको तयारीमा लाग्छु ।’ कार्कीले विहिबार आयोगको कार्यालयमा पुगेर राजिनामा बुझाएका छन् ।

कार्की २०७४ को स्थानीय निर्वाचनमा लिखु गाउँपालिकामा कांग्रेसका तर्फबाट उमेद्वार थिए । नेकपा एमालेका गोविन्दबहादुर पौडेलसँग पराजित भएका थिए ।

आयोगको अध्यक्षमा नियुक्त कार्की यस वर्ष चुनावको तयारीमा थिएनन् ।

जिल्लामा बुधबार माओवादी र कांग्रेसको चुनावी तालमेल भएपछि पालिका अध्यक्ष जित्ने सुनिश्चितता बढेसँगै विहिबार कार्कीले पदबाट राजिनामा दिएका छन् । यद्यपी लिखु गाउँपालिकामा माओवादीले पनि दावी छाडेको छैन ।

जिल्लामा सहमति नभएपछि लिखुको भागबण्डा टुङ्गो लगाउन प्रदेशमा पठाउने कांग्रेस र माओवादीले निर्णय गरेका छन् ।

प्रकाशित मिति : २०७९, ९ बैशाख शुक्रबार ००:००  ६ : ५१ बजे