२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा एसईई, पाँच लाख १४ हजार परीक्षार्थी सहभागी



काठमाडौं । दुई वर्षपछि आजदेखि भौतिक उपस्थितिमा माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा सुरु हुँदैछ । परीक्षा बोर्डका अनुसार यस वर्षको एसईईमा ५ लाख १४ हजार ७६० जना परीक्षार्थी सहभागी हुँदैछन् ।

एसईई परीक्षाका लागि देशभर २ हजार ७ परीक्षा केन्द्र तय गरिएको बोर्डले जनाएको छ ।

दुई वर्ष कोरोना महामारीका कारण भौतिक उपस्थितिमा बोर्ड परीक्षा हुन सकेको थिएन । यस पटक एसईई भौतिक रुपमै हुन लागेको हो । दुई वर्ष आन्तरिक मूल्यांकनबाट विद्यार्थीलाई एसईई पास गराइएको थियो ।

परीक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : २०७९, ९ बैशाख शुक्रबार ००:००  ६ : ५७ बजे