२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमालेबाट दिक्तेलकाे मेयरमा आचार्य र उपमेयरमा राई सर्वसम्मत



खोटाङ । नेकपा (एमाले) ले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयर पदका लागि कुमार आचार्य र उपमेयर पदको उम्मेदवारका लागि विणादेवी राई सर्वसम्मत चयन गरेको छ ।

नेकपा (एमाले) दिक्तेल रुपाकोट मझुवागढी नगर कमिटीको बैठकले सर्वसम्मत निर्णय गर्दै जिल्ला कमिटी खोटाङलाई सिफारिस गरेको थियो । नगर कमिटीको निर्णय अनुमोदन गर्दै जिल्ला कमिटीले समेत प्रदेश कमिटीलाई सोही नाम सर्वसम्मत सिफारिस गरेको छ ।

जिल्ला कमिटीको सिफारिसको आधारमा प्रदेश कमिटीले टिकट दिने निर्णय गर्नेछ । यस नगरमा सर्वसम्मत उम्मेदवार चयन गर्नका लागि नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईको नेतृत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलमा केन्द्रीय सदस्य एवं जिल्ला सह इन्चार्ज उषाकला राई, केन्द्रीय सदस्य खगेन्द्र राई, केन्द्रीय सदस्य रमेश पौडेल, अनुशासन आयोगका सचिवालय सदस्य कर्ण घले, प्रदेश सचिवालय सदस्य पिके राई (पाँच कर्ण), प्रदेश सचिवालय सदस्य हरि पोखरेल, प्रदेश सचिवालय सदस्य इन्द्र दंगाल, एमाले जिल्ला अध्यक्ष रामप्रसाद दंगाल, उपाध्यक्ष देवविक्रम राई, सचिव कुमार आचार्य, उपसचिव दिपनारायण रिजाल र उपसचिव सुरेन्द्र राई रहेका थिए ।

कार्यदलको सिफारिसमा जिल्ला कमिटीले निर्णय गरेर सर्वसम्मत उम्मेदवारको नामावली प्रदेश कमिटीमा पठाएको केन्द्रीय सदस्य रमेश पौडेलले जानकारी दिनुभयो । मेयर पदमा सर्वसम्मत उम्मेदवार चयन आचार्य जिल्लाको प्रतिष्ठित राजनीतिज्ञ हुन् । जिल्ला कमिटी सचिव समेत रहनुभएका आचार्य यसअघिको चुनावका लागि समेत मेयर पदको दाबेदार थिए ।

जिल्लाको पुरानो सक्रिय नेताको रूपमा चिनिएका आचार्य मेयर पदमा उम्मेदवार बन्दा एमालेले जित हासिल गर्ने आँकलन गरिएको छ । उपमेय विणादेवी राई अहिलेको उपमेयर हुन् ।

प्रकाशित मिति : २०७९, १० बैशाख शनिबार ००:००  १२ : ०३ बजे