२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनकोशी गाउँपालिका अध्यक्षमा झनककुमार कार्कीको उमेद्धारी किन ?



झनककुमार कार्की
नेपालको संविधान कार्यान्वयन सँगै पहिलो पटक २०७४ मा निर्वाचित जनप्रतिनिधीको समयावधि समाप्तीको चरण सँगै २०७९ साल वैशाख ३० गते स्थानिय तह निर्वाचन तोकियको छ  ।

पाँच वर्षलाई फर्केर हेर्ने हो भने विगतमा वर्षौमा नभएका कामहरु पनी यो अवधीमा भएका छन् । केहि काम सम्पन्न भए भने केहि सुरुवात चरणमा छन् । ऐन कानुनको अभाव, काम गर्ने कार्यालयको अनिश्चितता सँगै कोरोना कहरका वावजुद पनी विकासको आधार तयार भएको छ ।  सरकारको महसुस नागरिकले गर्न पाएको अवस्था छ ।

पहिलो चरणको कार्यकालमा अझैपनी नागरिकको अपेक्षा अनुरुप अझै धेरै काम गर्न बाँकी छ ।  पूर्वाधार विकास सँगै सर्वाङिगण विकासमा जोड दिन आवश्यक छ ।

नेकपा एमाले नेतृत्वको सरकारले समयानुकुल र सुहाउदो निति तथा कार्यक्रमहरु खास गरी सामाजिक सुरक्षा भत्ता, आफ्नो गाँउ आफैँ बनाउन जस्ता ९ को अभियानवाट जनताको माझमा लोकप्रिय बन्दै आएको पार्टी नेकपा एमालेका अध्यक्ष एंव पुर्व प्रधानमन्धत्री क.के.पी.शर्मा ओली नेतृत्वको सरकारले गरेका जनप्रिय, र राष्ट्रवादी दर्जनौ कामवाट नेपाली जनताको प्रिय पार्टी वनेको छ । नेकपा एमालेलाई यस स्थानिय निर्वाचनवाट देशव्यापि रुपमा अध्यधिक बहुमतले विजयी गराई थप जनप्रिय कार्यक्रम मार्फत सुखी नेपाली समृद्ध नेपाल निर्माणको अभियान सफल वनाउन आवश्यक छ ।

म आफू स्थानिय तहमा निर्वाचित हुनु अगाडी पनी विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सस्था मार्फत सामाजिक विकासको क्षेत्रमा खास गरी स्थानिय सरकारको क्षमता विकास, जवाफदेहिता अभिवृद्धि, सुशासन प्रवद्र्धनको क्षेत्रमा समेत काम गरेको अनुभव वडुलेर २०७४ सालको स्थानिय तहको निर्वाचनमा सुनकोशी ९ वाट वडा अध्यक्षको जिम्मेवार वहन गर्ने स्वर्णिम अवसर प्राप्त भयो । गाउँपालिकाको विषयगत समितिको नेतृत्व सँगै नागरिकका माग र आवश्यकता अनुसार स्थानिय सरकार, विषयगत कार्यालयहरु,प्रदेश सरकार, संघिय सरकार सँगको समन्वयमा आवश्यक वजेट व्यवस्थापनको माध्यमवाट जनसहभागीतामुलक पद्धतीवाट कार्य सम्पादन गरी सुनकोशी ९ लाई ५ वर्षको अवधिमा विकासको हिसावले एउटा नमुना वडा वनाउनको लागी आधार तयार भएको छ । वडा क्षेत्र भित्र मात्र सिमित नरही सिंगो गाउँपालिका र समग्र जिल्लाको विकासमा नै टेवा पुग्नेगरी यस वडामाकेहि गौरवका योजना समेत सुरुवात र संचालनमा रहेका छन् ।

यसर्थ विगतमा सामाजिक क्षेत्रमा नागरिक सँग प्रत्यक्ष अन्र्तरक्रिया गर्दै करिव १ दशक काम गरेको अनुभव सँगै १ कार्यकाल स्थानिय तहको जनप्रतिनिधी भई काम गरेको सिकाइ र अनुभव वाट समृद्ध सुनकोशी गाउँपालिका वनाउन योगदान गर्ने अठोटका साथ अवको ५ वर्ष मेरो जिवनको उर्जाशिल समय गाउँपालिका अध्यक्ष भई काम गर्ने तिव्र इच्छा सहित उक्त पदमा दावी गरेको छु ।

यदि मलाई पार्टीवाट उक्त पदको जिम्मेवारी दिएमा जनअपेक्षा अनुरुप योजनावद्ध र दिगो विकासको हिसावले नमुना गाँउपालिका वनाउन प्रतिवद्ध भई सारशंमा केहि प्रतिवद्धताहरु तपशिलमा उल्लेखित गरेवमोजिम प्रस्तुत गरिएको छ ।

तपशिल

  • नेपालको संविधान र विद्यमान ऐन, कानुनको परिधिमा रहि समय र ठाँउ सुहाउदो ऐन, कानुन, कार्यविधि निर्माण गरी नागरिक तहसम्म सुसुचित गरी जसको प्रभावकारी कार्यान्वयन गर्ने ।
  • कर्मचारीको क्षमता विकास सहित उचित जिम्मेवारी दिई नागरिकलाई सहज र प्रभावकारी सेवा प्रवाह गरी घरदैलोमा सरकारको महसुस गराउने ।
  • ५ वर्षे आवधिक योजना निर्माण गरी विकेन्दित एंव सहभागीतामुलक र योजनावद्ध विकासमा गर्ने ।
  • गाउँपालिका जोड्ने मुख्य सडकको कालोपत्रे र अरु शाखासडकको स्तरोन्नती साथै टाढाको वस्तिमा नयाँ सडक निर्माणगरी सवै घरधुरीलाई सडकको पहुँचमा जोड्ने ।
  • सवै घरधुरीहरुमा व्यवस्थित र सहज खानेपानी उपलव्धता गराउने ।
  • कृषि उत्पादनमा वृद्धि, कृषिमा आधारित रोजगारी प्रवद्र्धन र वजारीकरणवाट आत्मनिर्भरका लागी कृषी र कषक लक्षित कार्यक्रम संचालन गर्ने ।
  • व्यावसायिक पशुपालन र वजारीकरणको प्रवन्ध गर्ने ।
  • सवै घरधुरीलाई थप सहज र प्रभावकारी सेवा दिने साथै सरकारवाट प्राप्त नहुने तर अत्यवश्यक सामग्री तथा जनशक्ति व्यवस्थाप गरी गुणस्तरिय स्वास्थ्य सेवा प्रदान गर्ने ।
  • महिला, युवा, वालवालिका, जेष्ठनागरिक, विपन्न, दलित उत्पीडित, अपांग, एकल महिलाहरुको चेतनाविकास, सिप विकास र रोजगार प्रवद्र्धन गरी आत्मनिर्भर वनाउने ।
  • गाउँपालिकाको पर्यटन प्रवद्र्धन गुरुयोजना निर्माण गरी प्रचार प्रसार साथै पर्यटन पुर्वाधार निर्माण एंव पर्यटन प्रवद्र्धन गर्ने ।
  • करको दर कम दायरा वढाई आन्तरिक राजश्व बढाउने ।
  • प्राविधिक शिक्षालय मार्फत रोजगारमुलक शिक्षमा जोड दिई शैक्षिक उपलव्धि सुधार अभियान मार्फत दक्ष जनशक्ति उत्पादन गरी शहर केन्द्रित शिक्षालाई गाउमा आकर्षित गर्ने ।
  • सुनकोशी गाउँपालिका मोवाइल एप मार्फत गाउँपालिकाका सम्पूर्ण गतिविधीवारे नागरिकलाई सुसुचित गर्ने ।
  • सवै सिजनमा सहज यातायात संचालनकोलागी आवश्यकता अनुसार सडकपुलको व्यवस्था गर्ने ।
  • वातावरणमैत्री, विपदजोखिम न्युनिकरणको हिसावले उपयुक्तहुनेगरी विकास योजनाहरु संचालन गर्ने ।
  • सार्वजजिक जग्गाहरुको पहिचान गरी छुट्याई योजना सहित उचित व्यवस्थापन गर्ने ।
  • बाँझो जमिन समेतको उपयोग गरी ठाउँ सुहाउदो चिया, आलु, सुन्ताला, आँप खेतिको व्लक विकास गरी उत्पादनको निर्यात गरी कृषकलाई आत्मनिर्भर बनाउने ।
  • सवै घरधुरीमा संचार सुविधा उपलव्ध गराउने ।
  • सवै कार्यालयवाट प्रविधिमैत्री सेवा उपलव्ध गराउने ।
  • सबै घरमा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवाको पहुँच पु¥याउने ।

मलाई सुनकोशी गाउँपालिका अध्यक्षको जिम्मेवारी दिएमा माथी उल्लेखित कार्य सहित अरु अवश्यकिय कार्य योजना बनाई कार्यान्वयन गर्ने यदि अरु नै उमेद्धार नै छनोट भएमा म आफुले सक्दो सहयोेग गरी पार्टीले छनोट गरेको उमेद्धारलाई सहयोग गरी समृद्ध सुनकोशी निर्माणमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

धन्यवाद ।

प्रकाशित मिति : २०७९, १० बैशाख शनिबार ००:००  ८ : ५६ बजे