२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

माडी गाउँपालिकामा एमाले-कांग्रेसबीच गठबन्धन



रोल्पा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि रोल्पाको माडी गाउँपालिकामा नेकपा एमाले र नेपाली कांग्रेसबीच चुनावी तालमेल भएको छ ।

चुनावी तालमेल गरेका उनीहरुले आजै निर्वाचन अधिकृतको कार्यालयमा मनोनयसमेत दर्ता गरिसकेका छन् ।

गठबन्धनको तर्फबाट नेकपा एमालेका विजय घर्तीमगरले गाउँपालिका अध्यक्षमा उमेदवारी दर्ता गरेका छन् ।

उपाध्यक्षमा नेपाली कांग्रेसका कृष्ण विकको उमेदवारी दर्ता भएको नेपाली कांग्रेस माडी गाउँपालिका अध्यक्ष नवराज डाँगीले जानकारी दिए ।

गठबन्धन गरेका दुई दलले वडामासमेत तालमेल गरेका छन् ।

६ वटा वडा रहेको सो गाउँपालिकामा नेपाली काग्रेसले वडा नं। २,३ र ५ मा वडाध्यक्ष पाएको छ भने नेकपा एमालेले वडा नं। १,४ र ६ मा उमेदवारी दर्ता गराएको छ ।

जिल्लाका अन्य स्थानीय तहमा पनि यी दुई दलबीच गठबन्धनको प्रयास भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०७९, १२ बैशाख सोमबार ००:००  १२ : ५१ बजे