२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुडानमा जातीय दंगामा कारण १५ जनाको मृत्यु



खार्तुम । सुडानमा भएको जातीय दंगामा कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । सुडानको दक्षिणी डार्फर राज्य किर्निकमा आइतबार यस्तो भिडन्त भएको थियो । यहाँ दुई जातीका बीचमा हिंसात्मक झडप भएको भएको थियो । अधिकारीहरुले त्यसमा परेर कम्तीमा पनि १५ जनाको ज्यान गएको बताएका छन् ।

तर सरकारले भने यो समाचारको पुष्टि गरेको छैन । यहाँका प्रत्यक्षदर्शी तथा स्थानीय गाउँलेहरुले दिएको जानकारीअनुसार आइतबार यहाँ आपसी भिडन्तकाक्रममा कम्तीमा पनि १५ जनाको ज्यान गएको छ र अरु दर्जनौँ घाइते भएका छन् । झडप शुक्रबारबाट सुरु भएको उनीहरुको भनाई छ । शुक्रबारदेखि दुई जातीका हतियारधारीहरुका बीचमा भिडन्त सुरु भएको र यसक्रममा दर्जनौँ नागरिक घाइते हुनुका साथै सयौँ घरमा आगजनी पनि गरिएको छ ।

स्थानीयले सय भन्दा बढी घरमा हतियारधारीहरुले आगो लगाएका जनाएका छन् । सो राज्यमा पछिल्लो समयमा विभिन्न जातीका बीचमा भिडन्त हुने गरेको छ । सो भिडन्तमा परेर सयौँ नागरिकको ज्यान जानुका साथै दशौँ हजार जना विस्थापित पनि भएका छन् ।

प्रकाशित मिति : २०७९, १२ बैशाख सोमबार ००:००  २ : ५८ बजे