२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थानीय निर्वाचन २०७९ अपडेट १८,७४२ उम्मेदवारी दर्ता



काठमाडौं स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार दोस्रो दिन पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । चुनावका लागि देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरू उम्मेदवारी दर्ता गरिरहेका छन् ।

निर्वचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्मको तथ्यांकमा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १८ हजार ७ सय ४२ जनाको उम्मेदवारी परेको छ । जसमा मेयरको प्रमुखमा ८६३, अध्यक्षमा ६९५,उपप्रमुखमा ४२४,उपाध्यक्षमा ३८९,वडाध्यक्षमा ५०५४, महिला सदस्यमा ६१०८,दलित महिला सदस्यमा २८५४, सदस्य २३५५ गरी १८७४२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ताको समय सोमबार बेलुका ५ बजेसम्मलाई तोकिएको छ ।

प्रकाशित मिति : २०७९, १२ बैशाख सोमबार ००:००  ४ : ०३ बजे