२०८२, ३ पुस बिहीबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको गोकर्णेश्वरमा कांग्रेसको एक्लै प्रतिस्पर्धा



काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा नेपाली कांग्रेस सत्ता गठबन्धन दलहरुसँग तालमेल नगरी प्रतिस्पर्धामा उत्रिएको छ । गठबन्धनका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले भने तालमेल गरेका छन् ।

गोकर्णेश्वर नगरपालिकाको मेयरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर ३ को सचिवसमेत रहेका दीपक रिसालले उम्मेदवारी दर्ता गराएका छन् । उपमेयरमा कांग्रेसकी शान्ति नेपाल प्रतिस्पर्धामा छिन् ।

नेपाल २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि नेपाल उपमेयर पदमा निर्वाचित भएकी थिइन् । २०७४ सालमा गोकर्णेश्वर नगरपालिकाको मेयर र उपमेयर दुवै पद कांग्रेसले जितेको थियो ।

गोकर्णेश्वर नगरपालिकामा सत्ता गठबन्धनका दुई दल नेकपा माओवादी केन्द्रल र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिएका छन् । एकीकृत समाजवादीबाट गोपाल बराल मेयरको उम्मेदवार छन् भने माओवादी केन्द्रका पेमाछिरी शेर्पा उपमेयरको उम्मेदवार छन् ।

माओवादी केन्द्रले वडा नम्बर १,२, ३, ५, ७ र ९ तथा एकीकृत समाजवादीले ४, ६ र ८ नम्बर वडा लिएर सिट बाँडफाँट गरेका छन् ।

प्रकाशित मिति : २०७९, १३ बैशाख मंगलबार ००:००  ११ : २३ बजे