, काठमाडौँ – एघार उपमहानगरमध्ये जनकपुर र नेपालगन्जमा एमालेले मेयरको उम्मेदवार सर्वसम्मत छनोट गरेको छ । इटहरी उपमहानगरमा मेयरको उम्मेदवारमा एमालेले हालका मेयर द्वारिकलाल चौधरी, उपमेयर लक्ष्मी गौतम, यामकुमार सुब्बा, रामप्रसाद चौलागाईं, बन्नुलाल चौधरी र रेवतीप्रसाद घिमिरेको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ । त्यस्तै, उपमेयरमा अम्बिका चौधरी, विष्णु शर्मा ९नेपाल०, अमला श्रेष्ठ, अनिता शर्मा, संगीता चौधरी, रामचरण चौधरी, गायत्री चौधरी, रुक्मिणी कोइराला र मिथिला पोखरेलको नाम सिफारिस भएको छ ।
धरानको मेयरमा एमालेले उपमहानगर कमिटीको बैठकबाट मञ्जु भण्डारी, मनोजकुमार मेयाङ्बो, विजय राई, प्रकाश राई, मोतीराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम सिफारिस गरेको छ । त्यस्तै, उपमेयरमा सुशीला पहाडी, लहरू जिमी, पदम इस्वो लिम्बू, इन्द्रकला राई, सविता चाम्लिङ र लीला राईको नाम सिफारिस भएको छ ।उता, जनकपुरमा शिवशंकर साह ९हिरा०लाई एमालेले सर्वसम्मत रूपमा मेयरको उम्मेदवारका रूपमा अगाडि सारेर चुनावी प्रचार अगाडि बढाएको छ । साह एमाले सचिव रघुवीर महासेठनिकट मानिन्छन् ।
त्यस्तै, हेटौँडा उपमहानगरपालिकामा उपमहानगर कमिटीको बैठकबाट एमालेले वर्तमान मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल र जिल्ला समन्वय सदस्य गणेशकुमारी प्रधानको नाम सिफारिस गरेको छ । उपमेयरमा न्यायिक समिति सदस्य इन्द्र नेपाल, सुमित्रा काफ्ले र आरती पाठकको नाम सिफारिस भएको छ ।
त्यस्तै, कलैयामा विनोद शाह, रविन्दा श्रेष्ठ, कलाम उदिन, भवानी दुलालको नाम मेयरमा सिफारिसका लागि सुझाव आएको पोलिटब्युरो सदस्य ज्वालाकुमारी शाहले जानकारी दिइन् । जितपुर–सिमरामा काशीसन हुसेन, सरस्वती चौधरी, राधेश्याम सिवाकोटी, मनोज पौडेल, भरत घले, विश्वनाथ लामिछाने, अनिल मैनाली, प्रह्लाद शाह, माधव चौधरीको नाम मेयर र उपमेयरमा सुझावमा आएको पनि साहले जानकारी दिइन् । उनले दुवै उपमहानगरमा दुई दिन सहमतिको कोसिस गरेर सकभर सर्वसम्मत उम्मेदवार टुंग्याउने गरी गृहकार्य चलिरहेको पनि बताइन् ।
बुटवल उपमहानगरपालिकामा उपमहानगर कमिटीको बैठकले तीनजना केन्द्रीय सदस्यसहित आठजनाको नाम मेयरमा सिफारिस गरेको छ । जसअनुसार अहिलेका मेयर शिवराज सुवेदी, उपमेयर गुमादेवी आचार्य, गोपाल राना, बाबुराम भट्टराई, सावित्रा अर्याल, तेजेन्द्र केसी, रामप्रसाद रेग्मी र सूर्यबहादुर भट्टराई छन् । त्यस्तै, उपमेयरमा टंक पराजुली, खेम लुइँटेल, ज्ञानु केसी, मधुकला कुँवर र कल्पना थापाको नाम सिफारिस भएको एमाले उपमहानगर कमिटीका अध्यक्ष किसन ज्ञवालीले जानकारी दिए ।
घोराही उपमहानगरको मेयरमा पोलिटब्युरो सदस्य नरुलाल चौधरी र केन्द्रीय सदस्य सीता सिग्देल न्यौपानेको नाम सिफारिस भएको छ । न्यौपाने अहिलेकी उपमेयर तथा एमाले केन्द्रीय सदस्य छिन् । त्यस्तै, उपमेयरमा हिरा पुन र हुमा डिसीको नाम सिफारिस भएको छ । तुलसीपुर उपमहानगरपालिकामा एमालेको उपमहानगर कमिटीको बैठकले मेयरमा एमाले दाङका निवर्तमान अध्यक्ष टीकाराम खड्का, पार्टी जिल्ला उपसचिव कृष्णप्रसाद भुसाल र अर्की उपसचिव माया आचार्यको नाम सिफारिस गरेको छ । त्यस्तै, उपमेयरमा युवा करारा, स्यानी चौधरीको नाम सिफारिस भएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको मेयरमा हृदयेश त्रिपाठीको स्वतन्त्र समूहबाट दुई महिनाअघि एमाले प्रवेश गरेका पशुपति दयाल मिश्रलाई एमाले उपमहानगर कमिटीले सर्वसम्मत उम्मेदवारका रूपमा अगाडि सारेको छ । उपमेयरमा शान्ति ढकालको नाम सिफारिस भएको छ । धनगढी उपमहानगरमा एमालेबाट चारजनाको नाम मेयर र तीनजनाको नाम उपमेयरमा माथिल्लो कमिटीमा सिफारिस गरेको छ । एमालेका उपमहानगर कमिटी अध्यक्ष रामचन्द्र जोशीले छलफल जारी रहेको भन्दै उम्मेदवारहरूको नाम खुलाउन चाहेनन् ।
काठमाडौं महानगर
मेयर स् संघीय सांसद रामवीर मानन्धर, मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्त
उपमेयर स् सांसद रत्ना गुरुङ, पेम्बा लामा, मीना काफ्ले
ललितपुर महानगर
मेयर स् हरिकृष्ण व्यञ्जनकार
उपमेयर स् मञ्जली शाक्य
पोखरा महानगर
मेयर स् दर्शन लामा, दीपकबहादुर पौडेल, कृष्णबहादुर थापा, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, बिखकल्याण पराजुली, बालकृष्ण काउछामगर र पुष्पराज अधिकारी
उपमेयर स् विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र वामदेव ढुंगाना
चितवन महानगर
मेयर स् विजय सुवेदी
उपमेयर स् टुंगिन बाँकी
वीरगन्ज महानगर
मेयर स् विजय सराबगी
उपमेयर स् टुंगिन बाँकी
विराटनगर महानगर
मेयर स् रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराई
उपमेयर स् शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्याय ‘शिला’
नयाँ पत्रिकाबाट












