२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कास्कीमा ट्रक चालकलाई कुटपिट गरेको आरोपमा एक पक्राउ



‍‍‍‍प्रहरीले ट्रक चालकलाई कुटपिट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

म्याग्दी घर भई हाल कास्की पोखरा महानगरपालिका(१९ लामाचौर बस्दै आएका ४३ वर्षीय मिनबहादुर मगरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

उनका अनुसार आइतबार कास्की पोखरा महानगरपालिका(५ फिर्के पुलस्थित पोखरा(बाग्लुङ सडक खण्डमा दुर्घटना भएको हो।

ट्रक र मोटरसाइकल दुवै बाग्लुङ बसपार्कबाट जिरो किलो आउँदै थियो।

मोटरसाइकलले ट्रकलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भएको प्रहरी उपरीक्षक तिवारीले बताए।

दुर्घटनापश्चात् मगरले ट्रक चालकलाई कुटपिट गरेका थिए। प्रहरी उपरीक्षक तिवारीका अनुसार सो सूचना प्राप्त हुनासाथ मगरलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले शान्ति सुव्यवस्था तथा नैतिकता विरूद्धको कसुर अन्तर्गत अभद्र व्यवहार मुद्दामा दश दिन म्याद थप गरी अनुसन्धान गरिरहेको जनाएको छ।

प्रकाशित मिति : २०७९, १३ बैशाख मंगलबार ००:००  ४ : ४४ बजे