हेटौंडा। हेटौंडा उपमहानगरका मेयर उम्मेदवार अनन्त पौडेलले प्रदेशको राजधानी हेटौँडालाई सबैले ‘आहा’ भन्ने गरी विकास गरिने बताउनुभएको छ । नेकपा एमाले हेटौंडा–७ वडा कमिटीले आदर्श टोलमा स्थापना गरेको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन गर्दै मेयर उम्मेदवार पौडेलले बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा हेटौँडालाई प्रदेशको राजधानी बनाउन सफल भएको दाबी गर्दै फेरि पनि एमालेकै नेतृत्वमा हेटौंडाको समग्र क्षेत्रको विकास गरी जिल्लावासीले नै ‘आहा, हेटौंडा’ भन्ने बनाइने बताउनुभयो ।
प्रदेशको राजधानी भएर पनि अझै हेटौंडामा राजधानीका लागि आवश्यक पूर्वाधार फराकिलो सडक, राजमार्गमा आकाशेपुल, ट्राफिक लाइट व्यवस्था, खेलकुद, खुला स्थानलगायत क्षेत्रमा काम गर्न बाँकी भएकाले वैशाख ३० गतेको निर्वाचनमा एमालेका सबै उम्मेदवारलाई विजयी गराउन उहाँले मतदातामा आग्रह गरे ।
एमालेले लिएको सुख नेपाली–समृद्ध नेपाल’ को नारालाई लक्ष्य बनाइ अघि बढेको भन्दै उहाँले हेटौंडाको समग्र क्षेत्रलाई विकास गरी साँच्चै नै हेटौँडालाई प्रदेशको राजधानी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उपमेयर उम्मेदवार सुमित्रा काफ्लेले हेटौंडा उपमहानगरलगायत सबै वडामा एमालेको आफ्नो बर्चश्व कायम राख्नु जरुरी रहेको बताउनुभयो । अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेले जितेका सबै वडामा अन्य पार्टीको तुलनामा अधिक विकासका काम भएको दाबी गर्दै उहाँले विकास र एमाले एक अर्कामा पूरक रहेको दाबी गर्नुभयो ।
वडा अध्यक्ष उम्मेदवार राजन थापाले आफ्नो नेतृत्वमा गएको ५ वर्षमा वडामा जनताले महसुस गर्ने गरी विकासका काम भएको बताउनुभयो । अघिल्लो कार्यकालमा कर्राखोलामा पक्की पुल निर्माणका लागि आवश्यक स्थान पहिचान र बजेट विनियोजन भएकाले आगामी कार्यकालमा पक्की पुल निर्माण गरिने भन्दै सबै मतदातामा मतदान गर्न अपिल गर्नुभयो ।
कार्यक्रममा नेपाली कांग्रेस र राप्रपालगायत पार्टी परित्याग गरी राजेन्द्र सापकोटा, दीपा चौलागाईँ, सीता सापकोटा, एकनाथ सापकोटा, सोमप्रसाद सापकोटा, सीता उप्रेती, जयनारायण दाहाल, रामजी उप्रेती, विक्रम लामा, मनिष उप्रेतीसहित २५ जना एमाले प्रवेश गर्नुभयो । नवप्रवेशीलाई मेयर, उपमेयर, वडा अध्यक्ष उम्मेदवारलगायतले टीका र खादा लगाएर पार्टीमा प्रवेश गराउनुभएको थियो ।
नेकपा एमाले वडा कमिटी अध्यक्ष कुलप्रसाद त्रिपाठीको सभाध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा पार्टी प्रचार विभाग प्रमुख ध्रुव चौलागार्इं, जिल्ला सदस्य सुबोध रिमाल, वडा सदस्य उम्मेदवारहरू देवराज रिमाल, नरबहादुर भ्लोन, तुलसा अधिकारी र सपना बिकलगायत पार्टीका नेतारकार्यकर्ता र वडाबासीको उपस्थिति थियो ।
एमालेका ३ उम्मेदवार निर्विरोध
मकवानपुरका २ गाउँपालिका मकवानपुगढी र इन्द्र सरोवरमा नेकपा एमालेबाट ३ वडा सदस्य निर्विरोध निर्वाचित हुनुभएको छ । स्थानीय तह निर्वाचनका लागि ११ र १२ गते राखिएको उम्मेदवार मनोनयनका क्रममा एमालेबाट दलित महिला सदस्यमा मनोनयन दर्ता गर्नुभएकी वडा नम्बर–७ की तीर्थकुमारी ल्वागुन निर्विरोध निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडाको दलित महिला सदस्य ल्वागुनको मात्र उम्मेदवारी परेसँगै उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो ।
यससँगै मकवानपुरमा एमालेबाट निर्विरोध हुने वडा सदस्यको संख्या ३ पुगेको छ । यसअघि जिल्लाको इन्द्र सरोवरमा २ वडा सदस्य निर्विरोध हुनुभएको थियो । एमालेबाट दलित महिला सदस्यमा मनोनयन दर्ता गर्नुभएकी वडा नम्बर–१ की लक्ष्मी दमाईं र वडा नम्बर–४ की सावित्री सुनार निर्विरोध निर्वाचित हुनुभएको हो ।
एमालेबाट दलित महिला सदस्यमा मनोनयन दर्ता गर्नुभएकी इन्द्र सरोबर वडा नम्बर–१ की दमाईं र वडा नम्बर–४ की सुनार निर्विरोध निर्वाचित हुनुभएको छ । उक्त वडाहरूमा दमाईं र सुनारको एकल उम्मेदवारी परेको थियो ।
अघिल्लो दिन कांग्रेस, भोलिपल्ट समाजवादी उम्मेदवार
नेपाली कांग्रेस मकवानपुरको निर्वाचन क्षेत्र नम्बर–२ को प्रदेश ९ख० का सचिव नवराज पौडेल उम्मेदवारी मनोनयनका दिन नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरी वडाध्यक्ष उम्मेदवार हुनुभएको छ ।
मनहरी गाउँपालिका वडा नम्बर–१ का बासिन्दा पौडेलले कांग्रेस परित्याग गरी एकीकृत समाजवादीबाट वडाध्यक्ष उम्मेदवार बन्नुभएको हो । प्रदेश सभापति रञ्जन कालाखेती भने मनहरी गाउँपालिकामा कांग्रेसबाट पालिका अध्यक्ष उम्मेदवार हु“दा सचिव भने पार्टी परित्याग गर्ने अवस्थामा पुग्नुभएको हो ।
‘म समाजवादी यात्राकै यात्री थिएँ । पहिला कम्युनिस्ट थिएँ । कांग्रेसमा भुलवश पुगें । तर, समाजवादी यात्रामा फेरि जोडिएको छु,’ पौडेलले भन्नुभयो–समाजवादी यात्रा जनताको जीवन र दैनिकीसँग जोडिनु पर्छ । बाटो, भ्युटावर, पिचले मात्र समाजवादी यात्रासँग सरोकार राख्दैन ।
‘माधव नेपाल पार्टी महासचिव हुँदाताकाको ज्येष्ठ नागरिक भत्ता र गगन थापा स्वास्थ्य मन्त्री हुँदा जनताले पाएको स्वास्थ्य बिमा कार्यक्रम समाजवादको अध्याय हो,’ पौडेलले भन्नुभयो–मनहरी वडा नम्बर–१ मा म सबै घरमा स्वास्थ्य बिमा कार्यक्रम पुर्याउने छु । राज्यले नसके अन्य स्रोत खोजेर भए पनि वडाका सबै घरमा स्वास्थ्य सेवा पुर्याउन पहल गर्नेछु ।
पौडेलले वडामा २०११ सालदेखि बसेकाहरूले जग्गाको लालपुर्जा नपाएकाले लालपुर्जाका लागि काम गरिने बताउनुभयो । ‘म आफैँ पनि अव्यवस्थित बसोबासी हुँ । मेरै परिवारले ६० वर्ष प्रयोग गर्दा पनि लालपुर्जा पाएको छैन । मेरो वडाध्यक्षको कार्यकाल लालपुर्जा वितरणमा केन्द्रित हुनेछ,’ पौडेलले आफ्नो सेवासुविधाको रकम सबै नागरिकको सेवामा लगानी गर्ने र १० प्रतिशत सामाजिक क्षेत्रमा लगाउने बताउनुभयो । उहाँले कुनै सेवासुविधा नलिने बताउनुभयो ।
हेटौंडामा ४३७, थाहामा ६ को उम्मेदवारी
हेटौंडा उपमहानगरपालिकामा ४ सय ३७ जनाले उम्मेदवारी दर्ता गराउनुभएको छ । विभिन्न राजनीतिक दल र स्वतन्त्रबाट उहाँहरुले उम्मेदवारी दर्ता गराउनुभएको हो ।स्थानीय तह निर्वाचन कार्यक्रमअन्तर्गत आइतबार र सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम रहेकोमा उम्मेदवारहरुले निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन गर्नुभएको छ ।
हेटौंडाको मेयरमा २१ जना, उपमेयरमा ११ जना र १९ वडाका अध्यक्षका लागि १ सय ११ जनाको उम्मेदवारी परेको छ । हेटौंडाको उम्मेदवारी बाफत् २ लाख ६० हजार ५ सय रुपियाँ संकलन भएको कार्यालयले जनाएको छ ।
हेटौंडा मेयरमा विभिन्न राजनीतिक दलका तर्फबाट १२ जना र स्वतन्त्र तर्फबाट ९ जना गरी २१ जनाले उम्मेद वारी दर्ता गराउनुभएको छ । मेयरका लागि आइतबार ७ जनाले र सोमबार १४ जनाले मनोनयन दर्ता गराउनुभएको छ ।
हेटौंडाको मेयरका लागि गठबन्धनका तर्फबाट नेकपा ९एकीकृत समाजवादी० की मीनाकुमारी लामा, नेकपा एमालेबाट अनन्त पौडेल, नेपालका लागि नेपाली पार्टीबाट मुकुन्दप्रसाद आचार्य, नेपाल कम्युनिस्ट पार्टी मालेबाट केशव घर्ती, जनता समाजवादी पार्टी नेपालबाट दीपा लामाले मनोनयन दर्ता गराउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दीपकबहादुर सिंह, नेपाल मजदुर किसान पार्टीबाट रमेशमान सिंह, उन्नत लोकतन्त्र पार्टीबाट अयोध्याकुमार भट्टाराई, सचेत नेपाली पार्टीबाट रामप्रसाद गौतम, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट रोमनाथ भुर्तेल, मौलिक जरोकिलो पार्टीबाट सिर्जना बर्तौला र लोकतान्त्रिक समाजवादी पार्टीबाट सञ्जीव खरालले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
स्वतन्त्रबाट कविराज पाठक, पुरुषोत्तम रुपाखेती, उत्तम कुमार दुलाल, लीलाकुमारी आचार्य, देवराज पौडेल, सञ्जय खरेल, सुरक्षा रिजाल, विश्वनाथ पाण्डे र प्रदीप ढकालले मनोनयन दर्ता गराउनुभएको छ ।
उपमेयरमा पार्टीका ९ जना र स्वतन्त्रबाट २ जना गरी ११ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले जनाएको छ । उपमेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसका राजेश बानियाँ, नेकपा एमालेबाट सुमित्रा काफ्ले, मौलिक जरोकिलो पार्टीबाट सुनिल घिमिरे, नेपाल कम्युनिस्ट पार्टी समाजवादीबाट मख्खकुमारी तिमल्सिना, जनजागरण पार्टी नेपालबाट शिवकुमारी पाठक, नेकपा मालेबाट अम्बिका लामिछाने, जनता समाजवादी पार्टी नेपालबाट हरिहर खतिवडा, राप्रपाबाट इन्दिरा न्यौपाने र लोकतान्त्रिक समाजवादी पार्टीबाट नानीमाया श्रेष्ठले मनोनयन दर्ता गर्नुभएको हो । स्वतन्त्रतर्फबाट सुरज पाण्डे र ध्रुवप्रसाद दाहालको उम्मेद्वारी परेको छ ।
थाहा नगरपालिका प्रमुखका लागि ४ जना र उपमेयरका लागि २ जनाको उम्मेदवारी परेको छ । थाहा नगर प्रमुखका लागि नेकपा एमालेबाट अच्युत प्रसाद ढकाल, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विष्णु विष्ट, नेपाली कांग्रेस ९बीपी० का वीरबहादुर भोम्जन र मंगोल नेसनल अर्गनाइजेसनका राजकुमार गोलेले उम्मेदवारी दर्ता गराउनुभएको हो । उपप्रमुखमा नेकपा एमालेकी कल्पना बलामी र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका भरत गोपालीको उम्मेदवारी परेको छ ।












