२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘दुबई पठाइदिने’ भनेर ठगेको आरोपमा २ जना पक्राउ



काठमाडौं । ‘दुबई पठाउँछौं’ भनेर ठगेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको विरगञ्ज महानगरपालिका–५ घर भई ललितपुरको ठेँचो बस्दै आएका ६० वर्षीय हरी बहादुर तामाङ र ३३ वर्षका विकास तामाङ छन् ।

मोरङको रतुवामाई नगरपालिका घर भएका २० वर्षीय विक्रम मिश्र सहित ५ जनासँग ‘युनाइटेड अरब इमिरेट्स पठाउँछौ’ भनेर ९ लाख ५० हजार लिएर उनीहरु सम्पर्क बिहिन भएका थिए । आरोपी विकास तामाङलाई चुच्चेपाटीबाट र हरि बहादुरलाई ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण प्रसाद कोइरालाले रातोपाटीलाई बताए ।

आरोपीहरुले दुबईको प्रतिष्ठित कम्पनी अलसायामा सेल्सम्यानको काम लगाइदिने र मासिक ३ हजार दिराम तलव हुने आश्वासन दिएर प्रतिव्यक्ति १ लाख ९० हजार रुपैयाँ असुलेका थिए ।

प्रकाशित मिति : २०७९, १६ बैशाख शुक्रबार ००:००  ४ : ३८ बजे