ओखलढुंगा । ओखलढुंगाको मोलुङमा लडेर एक जनाको ज्यान गएको छ ।
जिल्लाको मोलुङ गाउँपालिका २ का ४२ वर्षिय सुवास खतिवडाको घर जनिकैको जङ्गलमा घाँस काट्न जाँदा लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी प्रमुख सुकदेव खनालले जानकारी दिएका छन् ।
आइतबार बिहान घाँस काट्न भनि घरबाट हिडेको उनलाई मोलुङ २ को जङ्गल नजिकैको रोडमा मृत फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
शवको मुचुल्का तयार पारी पोष्टमार्टमको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।











