२०८३, १२ जेष्ठ मंगलबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पोखरामा एमालेको पुरानै प्रतिबद्धता मेट्रो र मोनोरेलको सपना



स्थानीय तहको निर्वाचनअन्तर्गत नेकपा एमालेले पोखरा महागनरका आफ्ना उम्मेदवारका तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ।

यसअघि आफ्नै पार्टीबाट मेयर मानबहादुर जिसी र उपमेयर मञ्जुदेवी गुरुङले नेतृत्व गरेको महानगरलाई सुशासनको नमुना बनाउने प्रतिबद्धता एमालेले जनाएको छ।

यसपटक एमालले पोखराको मेयरमा पूर्वमेयर कृष्ण थापा र उपमेयरमा पुनः मञ्जुदेवी गुरुङलाई उम्मेदवार बनाएको छ।

‘हाम्रो अभिभाराः स्वच्छ सुन्दर पोखरा, श्रम सीप जुटाऔं, पोखरालाई उठाऔं’ भन्ने नारासहित प्रतिबद्धता पत्रमा पोखरामा मोनोरेल र मेट्रोरेलको सम्भाव्यता अध्ययन गरी काम सुरु गर्ने घोषणा गरिएको छ। यसअघिका मेयरको घोषणापत्रमा पनि यो विषय उल्लेख थियो। त्यसैगरी, बिजुलीका तार भूमिगत बनाउने, चक्रपथ निर्माण, स्याङ्जाको पौवेगौंडेदेखि पोखराको छोरेपाटनसम्म भूमिगत मार्गलगायत परियोजना पनि प्रतिबद्धतापत्रमा समेटिएका छन्।

‘एक घर एक स्नातक’ को अवधारणा अघि सारेको एमालेले सामाजिक सुरक्षालगायतका क्षेत्रमा पनि महत्वाकांक्षी योजना अघि सारेको छ।

प्रकाशित मिति : २०७९, १८ बैशाख आइतबार ००:००  ४ : १५ बजे