२०८३, ३ असार बुधबार | Thu Jun 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुपन्देहीमा उम्मेदवारको निधनपछि पुनः मनोनयनको प्रक्रिया अघि बढाइने



रुपन्देही ।आसन्न स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका एक जनाको निधन भएपछि पुनः मनोनयनको प्रक्रिया अघि बढाइने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का तर्फबाट मर्चवारी गाउँपालिका–३ को दलित महिला सदस्य पदमा उम्मेदवारी दिएका कुसुमी पासिनको शनिबार मृत्यु भएको हो ।

उनको मृत्युको सूचना पाएपछि निर्वाचन आयोगमा जानकारी गराइएको मर्चवारीका निर्वाचन अधिकारी सरोज पोखरेलले बताए ।

उनले निर्वाचनलाई असर नपर्ने गरी सो स्थानमा पुनः मनोनयनको प्रक्रिया अघि बढाउने जानकारी दिए ।

प्रकाशित मिति : २०७९, १८ बैशाख आइतबार ००:००  ४ : ४५ बजे