काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं.१२ टेकुबाट पेस्तोलमा प्रयोग हुने १ राउण्ड गोली र ९५ ग्राम सालकको खपटा जस्तो देखिने वस्तु सहित एक व्यक्ती प्रक्राउ परेका छन् ।
धनकुटा पाख्रिबास नगरपालिका वडा नं.८ घर भएका ५७ वर्षीय मण्डल गिरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले कोठा जाँच गर्ने क्रममा लुकाई राखेको अवस्थामा उक्त गोली र वस्तु सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











