२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेससँग तालमेल गर्ने माओवादीका अध्यक्ष र उम्मेद्वार सहितका नेताहरु पार्टीबाट निकालिए



काठमाडौं । काठमाडौंको बूढानिलकण्ठ नगरपालिका ११ का माओवादी केन्द्रका पार्टी अध्यक्ष वडाअध्यक्षका उम्मेदवारसहितका नेताहरु पार्टीबाट निकालिएका छन् । पार्टीको निर्णय बेगर नेपाली कांग्रेससँग भित्री तालमेल गरेर माओवादीका भोटहरु कांग्रेसका उम्मेदवारलाई दिने सम्मको सम्झौता गरेको भन्दै पार्टीले कारबाही गरेर साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको हो ।

पार्टीको नगर कमिटी सदस्य समेत रहेका वडाअध्यक्षका उम्मेदवार रेवतराज तिमिल्सीना, नगरकमिटी सचिवालय सदस्य जितेन्द्र खड्का, वडाकमिटी पार्टी अध्यक्ष कृष्ण भट्राई, खुला सदस्यका उम्मेदवार हरिभत्त गिरी, महिला सदस्य उम्मेदवार सुमिरा भण्डारीलाई माओवादीले कारबाही गरेको हो ।

शुक्रबार नगर कमिटी अध्यक्ष भाईनारायण श्रेष्ठ र नगर कमिटी इन्चार्ज अम्बर विकले विज्ञप्ती निकालेर कांग्रेससँग साँठगाँठ गर्ने नेता कार्यकर्तालाई कारबाही गरिएको जानकारी दिएका छन् ।

माओवादीको बूढानिलकण्ठ नगरपालिकाको मेयरका उम्मेदवार डम्बर अधिकारीले आर्थिक लेनदेन गरेको समेत सूचनाका आधारमा उम्मेदवारसहितका नेतालाई कारबाही गरेको बताए । उनले बूनपामा कांग्रेससँग गठबन्धन नहुने बताए ।

प्रकाशित मिति : २०७९, २३ बैशाख शुक्रबार ००:००  ४ : २० बजे