२०८२, २६ माघ आइतबार | Sun Feb 8 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाकस खाली गरेपछिमात्रै काँग्रेस–एमाले सुध्रिन्छन् राजेन्द्र लिङ्देन



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सबै मिलेर काँग्रेस, एमाले र माओवादीको बाकस खाली गरेपछि मात्रै सुध्रिने बताएका छन् । आइतबार हेटौंडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले कार्यकर्ताहरूलाई आफ्नो पार्टीका नेताहरु सुध्रिए हुन्थ्यो भन्ने लागेपनि उनीहरु सुध्रिन सबै मिलेर चुनावमा बाकस खालि गरिदिनुपर्ने बताएका हुन् ।

‘तपाईंहरुले भनेर उनीहरु सुध्रनेवाला छैनन्, सुध्रनेवाला छैनन भनेर तपाईहरुले भाटा लगाउन सक्नुहुन्न । भाटा लगाएर पनि सुध्रनेवाला छैनन् । कान समाएर पनि सुध्रिँदैनन्, त्यसैले उनीहरुलाई सुधार्ने एउटा उपाय हो, आउने चुनावमा उनीहरुको बाकस खाली गरिदिने’, लिङदेनको भनाइ छ

प्रकाशित मिति : २०७९, २५ बैशाख आइतबार ००:००  ३ : ४२ बजे