२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १२ वार्षिक परीक्षाको केन्द्र सार्वजनिक



काठमाडौंः राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको केन्द्र सार्वजनिक गरेको छ ।
जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को परीक्षाको परीक्षा केन्द्र सार्वजिनक गरेको हो । बोर्डका प्रदेश परीक्षा व्यवस्थापन कार्यालय एवं शाखा कार्यालयहरूले समेत आ(आफ्नो सेवा क्षेत्र भित्रका विद्यालयहरूलाई सोही अनुसार जानकारी गराउन बोर्डले सूचना जारी गरेको छ । बोर्डले अनलाइन माध्यमबाट प्रश्नपत्र पठाउने भएको छ । परीक्षा विद्यार्थीको भौतिक उपस्थितिमा नै सञ्चालन गरिनेछ। बोर्डका अनुसार करिब ४ लाख विद्यार्थीले यस वर्ष कक्षा १२ को परीक्षामा सहभागी हुनेछन्।

प्रकाशित मिति : २०७९, २६ बैशाख सोमबार ००:००  ३ : ४८ बजे