२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्लीमा तीन नेपाली लागु औषधसहित पक्राउ



दिल्ली प्रहरीको एन्टी नार्कोटिक्स सेलले सोमबार १५।१५५ किलोग्राम चरेससहित तीन नेपाली लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाहीका धनन्जय राई, आशिष राई र कञ्चमान योञ्जन रहेका छन् ।

प्रहरीले अभियुक्तको साथबाट एउटा तौल गर्ने मेसिन र नौवटा प्याकिङ पोलिथिन समेत बरामद गरेको छ । उक्त लागू औषधको मूल्य ६० लाख भारतीय रुपैयाँ रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरी टोलीलाई लागू औषध बोकेर अपरिचित व्यक्तिलाई पुर्‍याउन आउन लागेको खास जानकारी प्राप्त भएको थियो ।

सूचनाको आधारमा प्रहरीले बाला साहेब गुरुद्वारा नजिकै जाल बिछ्याएको थियो । केही समयपछि प्रहरीले तीन जनालाई गुरुद्वारा तर्फ आउँदै गरेको देखे ।

तीमध्ये एकजनाले आफ्नो पछाडि झोला बोकेका पनि थिए । लागू औषध कारोबारीहरुको आवागमनको बारेमा गोप्य सूचना दिनेले प्रहरीलाई संकेत गरेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०७९, २६ बैशाख सोमबार ००:००  ५ : १८ बजे