२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

उम्मेदवारको निधन भएका स्थानमा कहिले हुन्छ चुनाव



शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दिएका दुई उम्मेदवारको मृत्यु भएको छ । उनीहरुको मृत्युसँगै सो स्थानको चुनाव अनिश्चित बनेको छ । कपिलवस्तुको महाराजगन्ज नगरपालिकामा नेपाली काँग्रेसबाट उपप्रमुखका लागि उम्मेदवारी दर्ता गरेकीशुभावती कुर्मीको निधन भएको छ । निवर्तमान उपप्रमुख समेत रहेकी उनलाई हृदयघात भएको थियो । उनको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा गएराति मृत्यु भएको हो । उम्मेदवारको निधन भएपछि महाराजगन्ज नगरपालिकाको आज निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले जानकारी दिए ।
यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका लागि एमाले उम्मेदवार लवरु चौधरीको पनि निधन भएको छ । चुनाब प्रचारकै क्रममा विरामी परेपछि उनलाई उपचारका लागि २ पटक नेपालगञ्जस्थित भेरी अस्पतालमा लगिएको थियो ।

त्यहाँ पनि उपचार हुन नसेकेपछि थप उपचारको लागि काठमाडौंको टिचिङ अस्पतालमा लगिएको थियो । जहाँ गएराति उनको मृत्यु भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए । उनले यसअघिको कार्यकाल तुलसीपुर १७ को वडा सदस्य भएर काम गरेका थिए ।

यी दुई स्थानमा कहिले निर्वाचन गर्ने भन्नेबारे आयोगले निर्णय गरिसकेको छैन । आयोगले वैशाख ३० मै ती स्थानीय तहमा चुनाव गर्ने वा पछि गर्ने भन्नेबारे निर्णय गर्न बाँकी रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

‘आयोगले अब अर्को कार्यतालिका निकाल्छ । जुन दलको उम्मेदवारको मृत्यु भयो त्यो दलले उम्मेदवारी दिने अवसर त पाउनुप¥यो नि । यसबारे आयोगले निर्णय गर्छ’, उनले भने।
उम्मेदवारको मृत्यु भएका यी स्थानीय तहमा वैशाख ३० गते नै चुनाव गर्ने वा पछि गर्ने भन्नेमा आयोगले छिट्टै निर्णय गर्ने उनले बताए ।

प्रकाशित मिति : २०७९, २७ बैशाख मंगलबार ००:००  १ : ११ बजे