२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रसुवागढी जलविद्युत् निर्माण अन्तिम चरणमा



इलेक्ट्रोमेकानिकलतर्फ उपकरण जडान भइरहेको आयोजना प्रमुख सत्यराम ज्याख्वाले बताए। भने, ‘४० प्रतिशत उपकरण जडान सकिएको छ। यसैलाई प्राथमिकता दिएका छौं।’ अन्य कामलाई पनि साथसाथै अघि बढाइरहेको ज्याख्वाले बताए।

उपकरण जडानको काममा ढिलाइ भएका कारण उत्पादन समयपछि धकेलिएको आयोजनाले जनाएको छ। ‘कोभिड–१९ का कारण देखाएर भारत फर्किएको टोली ढिलो फर्कियो,’ उनले भने, ‘त्यसैले ढिलो भयो।’

इलेक्ट्रोमेकानिकलको जिम्मा पाएको भोइठ हाइड्रो इन्डियाले २०७८ कात्तिकदेखि काम सुरु गरेको गरेको थियो। तोकिएको समयमै काम सम्पन्न गर्ने गरी योजना बनाएर काम गरिरहेको उनले बताए। सिभिलतर्फ दुई सय र इलेक्ट्रोमेकानिकलमा ६० जना भन्दा बढी जनशक्ति खटिएका छन्।

२०७० माघदेखि आयोजना निर्माण सुरु भएको हो। सुरुमा २०१७ अगस्टमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएकोे थियो। भूकम्प र नाकाबन्दीका कारण ढिला भएको हो। भूकम्पपछि आयोजना क्षेत्रको विभिन्न स्थानमा पहिरो झरेपछि चिनियाँ ठेकेदारले चार महिना काम रोकेका थिए।

आयोजनाबाट वार्षिक ६ सय १३।८७ गेगावाट विद्युत् उत्पादन हुनेछ। विद्युत् उत्पादन गर्न थालेपछि दैनिक सवा करोड आम्दानी हुनेछ। निर्माणाधीन आयोजनाको कुल लागत १३ अर्ब ६८ करोड ४२ लाख रुपैयाँ छ।

प्रकाशित मिति : २०७९, २७ बैशाख मंगलबार ००:००  १ : २३ बजे