२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ओलीले भने–नेपाललाई आधुनिक युगमा पुर्‍याउने एमाले हो



नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनलाई सफल बनाएर मुलुक बनाउने महाअभियानमा सहभागी बन्न सबैमा आग्रह गरेका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा मंगलबार बिहान एमालेले आयोजना गरेको स्थानीय निर्वाचन लक्षित वृहत् चुनावी सभालाई सम्बोधन गर्दै ओलीले नेपाललाई आधुनिक युगमा पु¥याउने जिम्मा एमालेको भएको बताए ।

‘नेपाललाई आधुनिक युगमा प्रवेश गराउने एमाले हो । आत्मनिर्भर अर्थतन्त्र, उत्पादन वृद्धि, उद्योग धन्दा सञ्चालन, कृषिको आधुनिकीकरण लगायतका सबै काम एमालेकै नेतृत्वमा हुन्छ,’ उनले भने, ‘कोही पनि अलमलमा नपरीकन समृद्ध नेपाल र सुखी नेपालीको साझा मुद्दालाई स्थापित गराउने अभियानमा होमिनुपर्छ । युवाहरूलाई विदेश पठाउने हैन, मुलुकमै रोजगारीको अवसर सिर्जना गर्नुपर्छ ।’ ओलीले उत्पादन र उत्पादकत्व वृद्धि गरेर मुलुकलाई आत्मनिर्भर बनाउने प्रयास एमाले नेतृत्वको सरकारले गरेको पनि बताए ।

‘अबको स्थानीय निर्वाचनमा एमालेलाई जिताउनुस् । एमालेका जनप्रतिनिधिले गाउँ, सहर र नगर बनाउने जिम्मा लिएका छन् । एमालेले जनतासँग मुलुक बनाउने बाचा गरेको छ,’ उनले भने । उनले अहिले सबैभन्दा बढी नेपाली काँग्रेसका कार्यकर्तालाई परिरहेको बताए । उनले भने, ‘पोखरा जाउँ, भरतपुर जाउँ तर रुखमा भोट हाल्ने ठाउँ नै छैन । मेरी छोरीलाई भोट हालेनौ भने मुलुकमा दुर्घटना हुन्छ भनेर जनतालाई धम्क्याइँदै छ । काँग्रेसले रुखमा भोट हाल्ने कष्ट कहिल्यै गर्नु नपर्ने भयो । आज छोरी जिताउनुपर्छ । भोलि भाइ, भतिजा र अरूको जिम्मा लिनुपर्छ ।’ उनले एमालेका उम्मेदवार जिताउने जिम्मा जनताको र मुलुकको विकास गर्ने जिम्मा एमालेको भएको पनि बताए ।

प्रकाशित मिति : २०७९, २७ बैशाख मंगलबार ००:००  २ : ५० बजे