२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बेल्कोटगढिको बिकासमा रुपा सापकोटा र राजेन्द्र रमण खनाल अझै आवश्यक छ,यसपटक पनि जित हाम्रै हो !राजेन्द्र रमण खनाल ‘



दिपक न्यौपाने ,नुवाकोट

नुवाकोट ।नुवाकोटको बेल्कोटगढिमा दुई पुराना उम्मेद्बार फेरि फर्किएका छन् । २०७४ सालमा नेकपा एमाले बाट दुबै उम्मेद्बार उत्रिएका थिए प्रमुखमा राजेन्द्र रमण खनाल बिजय भएका थिए भने उपप्रमुखमा रुपा सापकोटाले हार बेहोर्नु परेको थियोे ।

बेल्कोगढिको बिकासमा प्रमुखमा राजेन्द्र रमण खनाल र उपप्रमुखमा रुपा सापकोटा आवश्यक भएको बेल्कोटगढीका पुर्ब प्रमुख राजेन्द्र रमण खनालले बताए । स्थानीय तहमा पहिलो पटक २०७४ सालमा प्रमुखमा राजेन्द्र रमण खनाल बिजय भएका थिए भने उपप्रमुखमा कविता ढुंगाना माओवादी केन्द्र बाट बिजय भएका थिए ।

नेकपा एमाले बाट रुपा सापकोटा थोरै मतानम्तरले पराजित भएका थिए । त्यस्तै २०७९ सालको निर्वाचनमा पनि नेकपा एमाले बाट दोस्रो पटक प्रमुखमा पुन राजेन्द्र रमण खनाल र रुपा सापकोटाले एमाले बाट उम्मेद्बारी पाएका छन् ।

२०७४ सालमा स्थानीय तह बन्दा नुवाकोटको बेल्कोटगढी बाट अत्यधिक मत सहित नेकपा एमाले बिजय भएको थियो ।

आउदै गरेको चुनावमा पनि अत्यधिक मत सहित बिजय हुने पुर्ब प्रमुख राजेन्द्र रमण खनालले अनलाइन सरोकारलाई जानकारी दिए।

प्रकाशित मिति : २०७९, २७ बैशाख मंगलबार ००:००  ४ : ३५ बजे