२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्किदा, चालकको मृत्यु



काठमाडौँ काठमाडौँको कलङ्कीमा टिप्परसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । गएराति ३ बजेतिर थानकोटबाट स्वयम्भू तर्फ जाँदै गरेको बा.५ख ७३४५ नम्बरको टिप्परसँग सोही दिशामा जाँदै गरेको बा.८० प ६३७३ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा परेर मोटरसाइकल चालक धादिङको धुनिवेशी नगरपालिका–२ घर भएका दिवाकर अधिकारीको मृत्यु भएको छ

टिप्पर चालक धादिङको थाक्रे–१० घर भएका लिलाबहादुर तामाङलाई पक्राउ गरिएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ । बायाँ दिशाबाट ओभरटेक गर्न खोज्दा मोटरसाइकललाई टिप्परको पछाडिको चक्काले ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०७९, २८ बैशाख बुधबार ००:००  १ : १२ बजे