२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोलुको थुलुङदुधकोशी ७ मा भोजराज कार्की विजयी



सोलुखुम्बु । सोलुखुम्बुको थुलुङदुधकोशी गाउँपालिका ७ का वडाअध्यक्षमा पत्रकार महासंघ सोलुखुम्बुका उपाध्यक्ष भोजराज कार्की विजयी भएका छन् । कार्की नेकपा माओबादी केन्द्रबाट विजयी भएका हुन् ।

यसअघि पत्रकार महासंघ सोलुखुम्बुका उपाध्यक्ष तथा पुर्वाञ्चलकै पहिलो सामुदायिक रेडियो सोलु एफएफका स्टेसन म्यानेजर समेत रहेका कार्की थुलुङदुधकोशी गाउँपालिका ७ का वडाअध्यक्ष पदमा उम्मेद्धारी दिएका थिए ।

उनले प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेद्धारलाई ५१ मतले पछि पार्दै ३ सय ८७ मत प्राप्त गरि विजयी भएका हुन् । कार्की रासस र थाहा खबरका जिल्ला सम्वादाता समेत रहेका थिए । पत्रकारिता छाडेर राजनीतिमा लागेका कार्कीले वडा समृद्द बनाउने उद्घाेष गरेका छन् ।

प्रकाशित मिति : २०७९, १ जेठ आइतबार ००:००  ७ : ४५ बजे