२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धिचरण नगरपालिकामा कांग्रेस प्रमुख ,र उप प्रमुखमा एमाले विजयी



ओखलढुंगा । ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसका तेजन खनाल र उपप्रमुखमा केदारबाबु बस्नेत विजयी भएका हुन् ।

नेकपा एमालेका उम्मेदवार इच्छाकुमारी गुरुङलाई १ हजार १ सय २१ मतले पछि पार्दै मेयरमा खनाल निर्वाचित भएका हुन् । खनालले ६ हजार ७ सय ९१ मत पाएका छन् । निकटम् प्रतिस्पर्धी गुरुङले ५ हजार ६ सय ५० मत ल्याइन् ।

उप प्रमुखमा एमालेका बस्नेतले माओवादी केन्द्रका रुपेश शाक्यलाई ५ सय १६ मतले पछि पार्दै जित हात पारेका छन् । बस्नेतले ५ हजार ६ सय ९८ मत पाउँदा निकटतम् प्रतिद्वन्द्वी शाक्यले ५ हजार १ सय ५२ मत पाएका छन् ।

नगरपालिकामा जन्तरखानी बाहेक सबै तहसम्मै कांग्रेस–माओवादी गठबन्धन थियो । १२ वडामध्ये कांग्रेसले ९ वडा जितेको छ भने एमालेले २ र माओवादी केन्द्रले १ वडा जितेको छ ।

कांग्रेसबाट वडानम्बर १ मा तिर्थ घिमिरे, ३ मा सिताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कट्वाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमंग श्रेष्ठ विजयी भएका छन् ।

एमालेबाट वडानम्बर ४ मा रत्न गुरुङ र ५ मा डिल्लीशेर राई विजयी भएका छन् । वडानम्बर २ मा माओवादीका वसन्त कट्वालले जितेका छन् ।

कांग्रेसबाट वडानम्बर १ मा तिर्थ घिमिरे, ३ मा सिताराम दाहाल, ६ मा मेखबहादुर मगर, ७ मा भलाबहादुर कट्वाल, ८ मा एकराज तामाङ, ९ मा गुणराज खड्का, १० मा रमेश धमला, ११ मा विनोद ताम्राकार, १२ मा उमंग श्रेष्ठ विजयी भएका छन् ।

प्रकाशित मिति : २०७९, ३ जेठ मंगलबार ००:००  ११ : ४७ बजे