२०८२, ६ पुस आइतबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिन्धुपाल्चोकका कुन पालिकामा को विजयी



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका तीन पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजाअनुसार २ मा नेपाली काँग्रेस र एकमा नेकपा माओवादी केन्द्र विजयी भएका छन् ।

बाह्रबिसेमा काँग्रेस विजयी

बाह्रबिसे नगरपालिकाको प्रमुखमा काँग्रेसका उम्मेदवार बालकृष्ण बस्नेतले सात हजार ७२८ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का निमफुञ्जो शेर्पाले पाँच हजार ४३३ मत प्राप्त गरे ।​ यसैगरी उपप्रमुखमा काँग्रेसका मन्जु तामाङले छ हजार ९७७ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

उनका प्रतिद्वन्द्वी एमालेका सुशीला पाख्रिनले पाँच हजार ९९० मत प्राप्त गरेका थिए ।बलेफिमा माओवादी विजयीबलेफी गाउँपालिकामा माओवादी केन्द्र र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गङ्गाबहादुर तामाङले चार हजार ६६६ मत प्राप्त गरी विजयी भएका छन् ।

उनका प्रतिद्वन्द्वी काँग्रेसका सुवास तिमल्सिनाले चार हजार १०५ मत प्राप्त गरेका थिए । यसैगरी उपाध्यक्षमा काँग्रेसकी सरु लामा तामाङले चार हजार ३९४ मत ल्याएर विजयी भइन् ।

हेलम्बुमा काँग्रेस विजयी भएको छ । पाँचपोखरी, इन्द्रावती र मेलम्चीमा एमाले र चौतारा नगर, लिसङ्खुपाखर, जुगलमा माओवादी अघि छ । सुनकोसी, त्रिपुरासुन्दरी गाउँपालिकामा काँग्रेस अघि छ ।

भोटेकोसीमा काँग्रेस विजयी

प्रकाशित मिति : २०७९, ३ जेठ मंगलबार ००:००  १ : ४४ बजे