२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीमा २६ बर्षिया अधिवक्ता पार्वती कुँवर गाउँपालिका उपाध्यक्ष निर्वाचित



गुल्मी । गुल्मीको इस्मा गाउँपालिका २६ बर्षिय अधिवक्ता पार्वती कुँवर गाउँपालिका उपाध्यक्ष्मा निर्वाचित भएकी छन । नेपाली काङ्ग्रेसबाट चुनाव लडेकी कुँवरले नेकपा एमालेकि उम्मेदवारलाई हराउँदै उपाध्यक्षमा निर्वाचित बनेकी हुन ।
कुँवरले एमालेकी बिमला खत्रीलाइ ७ सय ८८ मतले पछि पार्दै जित हासिल गरेकि हुन ।

कुँवरले ५ हजार ९ सय ९ मत ल्याएकी छन भने एमालेकी खत्रीले ५ हजार १ सय २१ मत पाएकी छन ।

इस्मा गाउँपालिका पुर्व श्रम तथा रोजगार मन्त्री र हालका सांसद गोकर्ण बिष्टको गाउँपालिका हो । २०७४ सालको निर्वाचनमा उनैका दाजु लक्ष्मण बिष्टले यस गाउँपालिकामा जित हासिल गरेका थिए । तर अहिले अध्यक्षमै काङ्ग्रेसका भगत सिंह खड्का सहित ४ वटा वडा काङ्ग्रेसले जितेको छ भने दुईवटा वडामा एमालेले जित हासिले गरेको छ ।

इस्मा गाउँपालिकामा ६ वटा वडा रहेका छन ।

प्रकाशित मिति : २०७९, ३ जेठ मंगलबार ००:००  ४ : ०९ बजे