२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गठबन्धनलाई हराउँदै फिक्कल अध्यक्षमा पार्वती र उपाध्यक्षमा राजु बराल विजयी



काठमाडौं । फिक्कल गाउँपालिकामा सत्तापक्ष गठबन्धनलाई हराउँदै अध्यक्षमा पार्वती सुनुवार र उपाध्यक्षमा राजु बरालले जित हासिल गर्न सफल भएका छन् ।

शुक्रबार भएको स्थानीय तहको निर्वाचनको मतगणनाको अन्तिम परिणामअनुसार नेकपा एमालेबाट फिक्कलको अध्यक्षमा सुनुवार र उपाध्यक्षमा बराल निर्वाचित भएका हुन् ।

सत्तापक्ष गठबन्धनका उम्मेदवार अध्यक्ष निर्प भुजेल र उपाध्यक्ष लोकेन्द्र कार्कीलाई हराउदै नेकपा एमालेले जित हासिल गर्न सफल भएको हो ।

फिक्कलमा यस अघि भएको स्थानीय निर्वाचनमा समेत पार्वती सुनुवार उपाध्यक्ष थिईन् भने राजु बरालले वडाध्यक्षको जिम्मेवारी प्रप्त गरिसकेका थिए ।

गठबन्धन गरिएपनि आफ्नै पार्टीका नेता कार्यकर्ताले धोका दिएका कारण हार व्यहोर्नुपरेको फिक्कल कांग्रेसको अरोप छ । कांग्रेस हुँ भन्दै मतदान गर्दा नेकपा एमालेलाई सहयोग गरेको समेत अनुमान गर्न थलिएको हो ।

प्रकाशित मिति : २०७९, ४ जेठ बुधबार ००:००  ११ : ३४ बजे