२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विराटनगर महानगरपालिका वडा नम्बर १३ मा राप्रपा विजयी



विराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १३ मा राप्रपाले जितेको छ ।

राप्रपाका सूर्यलाल यादवले ६ सय २८ मत प्राप्त गर्दै विजयी भएको हो । उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका आमोदकुमार झाले ५६९ मत ल्याए । उक्त वडामा एमालेका उम्मेदवार किशोरकुमार पोखरेलले ५५८ तथा राजपाका झरिलाल महतोले ३८८ मत ल्याएका छन् । यसअघि उक्त वडा राजपाले जितेको थियो ।

विराटनगरको १, २, ३ र १९ नम्बर वडामा एमालेले जितेको छ भने १६ मा कांग्रेस, १७ मा जसपा र १८ मा स्वतन्त्रले जितेको छ । अहिले ४, ५, ६, ७, १२, १४ र १५ नम्बर वडाको मत गणना भइरहेको छ ।

प्रकाशित मिति : २०७९, ४ जेठ बुधबार ००:००  १२ : १६ बजे