२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न समाजवादी विद्यार्थी युनियनको माग



काठमाडौं । समाजवादी विद्यार्थी युनियनले पेट्रोलियम पदार्थमा लगाएको कर फिर्ता गर्न माग गरेको छ । सोमबार समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थमा थोपरिएको कर फिर्ता गरी मुल्यवृद्धि अविलम्ब फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।

सरकारले पेट्रोलियम पदार्थमा गरिरहेको मुल्यवृद्धिले जनजीवनलाई संकटपूर्ण परिस्थितिमा पुर्याएको युनियनले उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, अन्तर्राष्ट्रिय बजारमा मूल्य वृद्धिको बहाना बनाई नेपाली जनताले किन्नै नसक्ने गरी मुल्य वृद्धि गर्नु अमानवीय रवैया हो ।

पेट्रोलियम पदार्थको करबाट राज्य संचालन गर्ने, वस्तु उत्पादन र निर्यातमा ध्यान नदिने, उठाइएको कर सदुपयोग नगरी दोहन गरी कार्यकर्ता पोस्ने प्रवृत्ति फस्टाउँदै जानु चिन्ताजनक अवस्था हो ।’ युनियनले पेट्रोलियम पदार्थको आयात घटाएर दीर्घकालीन समाधानको लागि विद्युतिय सवारी साधन तथा चुलो प्रयोग गर्न जनतालाई प्रोत्साहन गर्न उचित कदम चाल्न सरकारसँग माग गरेको छ ।

प्रकाशित मिति : २०७९, ९ जेठ सोमबार ००:००  ४ : ५७ बजे