२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

काठमाडौंको ९ वटा वडामा मत गणना जारी, ५ मा बालेनको अग्रता



काठमाडौं महानगरपालिकाको मत गणना जारी छ।

अहिले ९ वटा वडाको मत गणना जारी छ। वडा ९, १०, १३, १४, १५, २०, २१, २२, २६ मा मत गणना भइरहेको छ।

जारी मत गणनामा स्वतन्त्र उम्मेदवार बालेन शाहले वडा ९, १०, १३, १४ र २६ अग्रता लिएका छन्। यस्तै, वडा १५ मा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छन् भने वडा २०, २१, २२ मा एमाले उम्मेदवार केशव स्थापितले अग्रता लिएका छन्।

वडा ९ मा ७५८० मत खसेको थियो। त्यहाँ बालेनले अहिलेसम्म ३२१२ मत ल्याएका छन्, सिर्जनाले १३४६ मत ल्याएकी छन् भने स्थापितले १०९४ मत ल्याएका छन्।

वडा १० मा ७११० मत खसेकोमा बालेनले २६८३ मत ल्याएका छन्, सिर्जनाले १७६८ ल्याएकी छन् स्थापितले ११०७ मत ल्याएका छन्।

यस्तै, १३ मा ७६५८ मत खस्दा अहिलेसम्म बालेनले ५२३ मत ल्याएका छन्। सुमन सायमीले ५०७ मत ल्याएका छन् भने स्थापितले ३६९ मत ल्याएका छन्। सिंहले भने २८७ मत ल्याएकी छन्।

यसैगरी, १४ मा १०५६२ मत खसेकोमा अहिलेसम्म बालेनले ७०४ मत ल्याएका छन्। स्थापितले ४५९ मत, सिंहले ३७४ मत ल्याएकी छन्।

२६ मा ७३७३ मत खस्दा अहिले बालेनले २२०१ मत ल्याएका छन्। सिंहले १३८७ मत ल्याएकी छन् भने स्थापितले १३०२ मत ल्याएका छन्।

अहिलेसम्म १३५६९३ मत गनिएकोमा स्वतन्त्र मेयर उम्मेदवार बालेन शाहले ४६४७६ मत ल्याएका छन् भने दोस्रोमा कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २७७९९ मत ल्याएकी छन्।

त्यसैगरी एमालेका उम्मेदवार केशव स्थापितले २६८६१ मत ल्याएका छन्।

काठमाडौं महानगरमा १९१००० मत खसेको थियो।

प्रकाशित मिति : २०७९, ९ जेठ सोमबार ००:००  ५ : ३२ बजे