२०८२, ४ पुस शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कक्षा १ देखि १० सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराउने कटहरियाका मेयरको पहिलो निर्णय



रौतहट । रौतहटको कटहरिया नगरपालिकाका नवनिर्वाचित मेयर अजय प्रकाशले सोमबार पहिलो बैठकबाट कटहरियामा कक्षा १ देखि १० सम्म अङ्ग्रेजी माध्यम बाट पठनपाठन गराउने निर्णय गरेका छन् ।

मेयर लगायतका जनप्रतिनिधिले सोमबार शपथग्रहण गरे लगत्तै बसेको नगरपालिकाको बैठकमा सो निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहले बताएका छन् ।

मेयर अजय प्रकाशले कटहरिया नगरपालिकामा शिक्षा स्वास्थ्य लाई विशेष प्राथमिकतामा राख्ने प्रतिक्रिया दिएका छन् । मेयर प्रकाशले जिल्ला न्यायाधीश काजीबहादुर राईसँग शपथ लिएपछि नवनिर्वाचित उपमेयर रिता देवी यादव , वडाध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका थिए ।

प्रकाशित मिति : २०७९, १० जेठ मंगलबार ००:००  १२ : २४ बजे