२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ



काठमाडौं । चाबहिलको सेन्ट लरेन्स कलेजका एकजना शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । कलेजका शिक्षक जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो । त्यहीबीच सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरी भन्छन्, ‘जाहेरी आइसकेको छैन, जाहेरी आइसकेपछि घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्छौं ।’ अधिकारीले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने’ भनेर छात्रामाथि गलत मनसाय राखेको विद्यार्थीहरुको आरोप छ ।

पक्राउ परेका शिक्षकलाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले प्रहरी वृत्त गौशालाबाहिर प्रदर्शन गरिरहेका छन् ।

प्रकाशित मिति : २०७९, १० जेठ मंगलबार ००:००  १ : ०० बजे