२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गहुँपछि चिनीमा लगायो भारतले निर्यात प्रतिबन्ध ,सूर्यमुखी र भटमासको कच्चा तेलमा भने भन्सार छुट



काठमाडौं।भारतले गहुँपछि चिनीको निर्यातमा प्रतिबन्ध लगाएको छ। आगामी जुन १ बाट लागू हुनेगरी भारतले चिनी निर्यातमा रोक लगाएको हो।

घरेलु मागलाई सम्बोधन गर्न भन्दै यस्तो प्रतिबन्ध लगाएको भए पनि चिनी उत्पादनको सिजनमा भने एक करोड मेट्रिक टनसम्म चिनी निर्यात नरोकिने बताइएको छ।

सन् २०२१ अक्टोबरदेखि सन् २०२२ सेप्टेम्बरसम्म भने यो परिमाणमा निर्यात गर्न सकिने भारतीय सञ्चार माध्यमहरूमा उल्लेख छ।

भारतले चिनी निर्यातमा लगाएको रोकले नेपालमा केही प्रभाव पर्ने देखिन्छ। हाल नेपालमा औद्योगिक र उपभोग प्रयोजनको लागि वार्षिक करिब दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत भइरहेको छ। यसमध्ये करिब एक लाख ३० हजार स्वदेशी उत्पादनले धानिरहेको छ। बाँकी विभिन्न मुलुकबाट आयात गरिन्छ।

भारतबाट मात्रै चालु आवको १० महिनामा ८९ हजार मेट्रिक टन चिनी आयात भएको थियो। कुल चार अर्ब ७० करोड बराबरको चिनी आयात भएको हो।

भारतले सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भने भन्सार छुटको घोषणा गरेको छ। दुई आर्थिक वर्षसम्मको लागि २० लाख मेट्रिक टन बराबरको सूर्यमुखी र भटमासको कच्चा तेल आयातमा भन्सार नलाग्ने घोषणा गरेको हो।

प्रकाशित मिति : २०७९, ११ जेठ बुधबार ००:००  २ : ०८ बजे