२०८३, १२ असार शुक्रबार | Fri Jun 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको छ प्रधानमन्त्री



काठमाडौं।बलात्कार मुद्दामा हदम्याद हटाउने गृहकार्य भइरहेको प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन्।

उनले बलात्कार घटनामा रहेको एक वर्षे हदम्याद हटाउने तयारी भएको बताएका हुन्।

आज नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय ९डिना० को नेतृत्वमा गएको सांसदसहित नेताहरूको टोलीले बुझाएको ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा हदम्याद हटाउने बताए।

सहमहामन्त्री उपाध्यायले बलात्कार घटनामा हदम्याद तत्काल हटाउन सरकारले गृहकार्य गरिरहेको प्रधानमन्त्री देउवाले बताएको जानकारी दिइन्।

सहमहामन्त्री उपाध्याय नेतृत्वको टोलीले स्थानीय तहमा संविधानले तोकेको महिला प्रतिनिधित्व घटेकोमा समेत ध्यानाकर्षण गराएका थिए।

ध्यानाकर्षण पत्र बुझाउँदै कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुषालले स्थानीय निर्वाचनबाट महिला प्रतिनिधित्व पार्टीबाट कम भएको बताएकी थिइन्।

प्रदेश र संघीय चुनावमा भने महिलाहरुको सम्मानजनक उपस्थिति हुनुपर्ने उनले बताइन्।

कांग्रेस सभापतिसमेत रहेका देउवाले स्थानीय चुनावमा महिलाको प्रतिनिधित्व कम भएकोमा स्वीकार गर्दै यो विषयमा छलफल गर्दै कमजोरी सुधार गर्दै जाने प्रतिवद्धता जनाएका थिए।

प्रकाशित मिति : २०७९, १२ जेष्ठ बिहिबार ००:००  १० : ४५ बजे