२०८३, ३ भदौ बुधबार | Thu Aug 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एमाले अध्यक्ष ओलीले संसदमा सम्बोधन गर्ने



काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन्। आज ११ बजेका लागि बोलाइएको संसद बैठकमा ओलीले सम्बोधन गर्ने एमाले सचेतक विशाल भट्टराइले जानकारी दिए।

ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्ने उनले बताए। एमालेले ९ महिनाअघिदेखि गरेको संसद अवरोध बिना शर्त खुला गरेको छ।

यसअघि एमालेले संसदमा नाराबाजी गर्दै आएको थियो। स्थानिय निर्वाचनपछि बसेको बैठकमा एमालेले बिना शर्त खुलाएको थियो।

संसदमा नीति तथा कार्यक्रमबारे छलफल अघि बढाउन प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्ताव पेश गर्नेछन्।

त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुने संसद सचिवालयले सम्भावित कार्यसूचीमा उल्लेख गरेको छ।

प्रकाशित मिति : २०७९, १२ जेष्ठ बिहिबार ००:००  ११ : ०२ बजे