२०८२, १७ चैत्र मंगलबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लुभुका किसानले घेरे आयल निगम



काठमाडौं । पेट्रोलियम पदार्थमा भएको मुल्यवृद्धिका कारण दैनिक जीवन कष्टकर बनेको भन्दै ललितपुरको लुभुका किसानले आयल निगम घेराउ गरेका छन् ।

लुभुमा जग्गा भाडामा लिएर खेती गरिरहेका किसानहरुले प्रतिरोधको आयोजनामा आयल निगम घेराउ गरेका हुन् ।

उनीहरुले तत्काल मुल्यवृद्धि फिर्ता नभए कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।

‘हामी किसानहरु लाई मुल्यवृद्धिका कारण बाँच्न कठिन परिरहेको छ, राज्यले हामीलाई जहिल्यै मारमा पार्दै आइरहेको छ’, कार्यक्रममा किसान तथा समाजवादी कृषि आन्दोलनका संयोजक अमृत विकले भने, ‘किसानसँग लड्नुको विकल्प कहिल्यै थिएन र अहिले पनि किसानलाई माथि उठ्न नदिने प्रपन्च निरन्तर छ, श्रमजीवीले समस्या भोग्नुपर्ने तर भ्रष्टाचारी र कमिसनखोरले आरामको जीवन बाँच्ने परिस्थितिसँग हामी डटेर लड्नेछौं ।’

उनले राज्यव्यवस्था श्रमजिविको नभएको बताए । प्रतिरोधले मुल्यवृद्धिको विरुद्धमा निरन्तर आन्दोलन गरिरहने जनाएको छ ।

प्रकाशित मिति : २०७९, १९ जेठ बिहीबार ००:००  ४ : ४५ बजे