२०८२, २५ माघ शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वडाध्यक्षले उठाउन थाले काठमाडौं(१६ का फोहोर



काठमाडौं महानगरपालिका(१६ का वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफैं उठाउन थालेका छन्।

सोमबार बिहानदेखि वडा नम्बर १६ का प्रमुख ठाउँहरूमा रहेको फोहोर उठाउन थालिएको वडाध्यक्ष मुकुन्द रिजालका सहयोगी किरण भट्टराईले जानकारी दिए।

रिजालले सोर्हखट्टे चोकबाट फोहोर उठाउन सुरू गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा जुटेको बताएका छन्।

सोमबार बिहान बसेको वडा समितिको बैठकले फोहोर उठाउने निर्णय गरेको भट्टराईले बताए।

‘ल्यान्डफिलमा अवरोध भएर धेरै दिनसम्म सडकमै फोहोर थुप्रिएपछि वडाको फोहोर उठाउन अध्यक्ष आफैंले पहल गर्नुभएको हो,’ भट्टराईले भने।

उनका अनुसार धेरै दिन बितिसक्दा पनि महानगरको वातावरण विभागले फोहोर उठाउन नसकेपछि रिजाल आफैं फोहोर उठाउन अघि सरेका हुन्।

‘अहिले चार गाडी फोहोर उठाइसेकेका छौं’, उनले भने ‘मेन मेन चोकको फोहोर मात्र उठाउँदा पनि १०(१२ गाडी हुने हाम्रो अनुमान रहेको छ।’

सडकमा थुप्रिएका फोहोर उठाउन महानगरको गाडी प्रयोग गरिएको उनले बताए।

‘अहिले फोहोर उठाउँदै छौं,’ भट्टराईले भने, ‘हाललाई यो फोहोर वडा नम्बर १६ कै एउटा खाली स्थानमा लगेर पुर्ने योजना बनाएका छौं।’

उनले गल्ने र नगल्ने फोहोर छुट्टयाएर पुर्ने बताए। तर बस्ती बाहिर ठाउँमा पुर्ने योजना रहेको उनले बताए।

यो फोहोर उठाएर अस्थायी समाधानमात्र गरेको भट्टराईको जिकिर छ।

उनका अनुसार डम्पिङ साइटमा कुरा मिलेपछि फोहोर उतै लगिने छ।

प्रकाशित मिति : २०७९, २३ जेठ सोमबार ००:००  ४ : १३ बजे