२०८२, २५ माघ शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विधुतीय सवारिमा बढाईएको कर फिर्ता लिन नाडाको माग



काठमाडौ । अटो व्यापारीहरुको छाता संस्था नाडा अटोमोबाईल्स एशोसिएशन अफ नेपालले विद्युतीय सवारी साधनमा बढाईएको भन्सार दर र अन्तःशुल्क खारेज गर्न माग गरेका छन् ।

राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी नाडाले अर्थमन्त्रीले आगामी आर्थिक वर्षको बजेटमा नेपालमा उत्पादित विद्यतलाई पेट्रोलियम पदार्थको विकल्पको रुपमा प्रयोग गरी छिमेकी मलकसँगको व्यापार घाटालाई कम गर्ने लक्ष्य लिए पनि व्यवहारिक रुपमा त्यस्तो नदेखिएको जनाएको छ ।

नेपालमा उत्पादित जलविद्यतलाई विद्यतिय सवारी साधनहरु लगायतका विभिन्न बस्तुहरुमा प्रयोग गरी विदेशी मुद्राको बचत गर्ने माध्यमको रुपमा लिएको बजेटले १०० किलोवाटभन्दा बढी क्षमताका विद्युतिय सवारी साधनहरुमा भन्सार तथा अन्तःशुल्क महशलमा अत्यधिक वृद्धि गर्दा मत नमिलेको नाडाको बुझाई छ ।

यसले विद्युतिय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहनको सट्टा दुरुत्साहित गरिएको भन्दै नाडाले नेपालको भौगलिक अवस्था अनुसार २०० किलोवाट क्षमताका विद्युतिय सवारी साधनहरुलाई समेत पुरानै व्यवस्था अनुसार भन्सार तथा अन्तःशुल्क महशुल कायम गर्न सरकारसँग आग्रह गरेको छ ।

२०० सिसिभन्दा माथिका मोटरसाइकलको अन्तशुल्क तथा भन्सार धेरै बढाउँदा व्यवसायीहरु समस्यामा परेको भन्दै नाडाले आफनो व्यवसाय नै बन्द गर्नु पर्ने अवस्था आउन नदिनका लागि पनि सरकारसँग आग्रह गरेको छ ।


सरकारले आगामी आर्थिक बर्षको बजेटमा विद्युतीय सवारीसाधनमा अन्तशुल्कवापत ३० देखि ६० प्रतिशत थप गरेको छ । गत आर्थिक बर्षको बजेटमार्फत विद्युतीय सवारीसाधनको भन्सार महसुल १० देखि ४० प्रतिशत र अन्तशुल्क शुन्य गरिएको थियो ।

प्रकाशित मिति : २०७९, २४ जेठ मंगलबार ००:००  ४ : ५५ बजे