२०८२, २५ माघ शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गुल्मीको पल्लिकोटमा डोजर दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौं। गुल्मीको छत्रकोट गाउँपालिका पल्लिकोटमा जेसीबी डोजर दुर्घटनामा चालकको मृत्यु भएको छ।

छत्रकोट गाउँपालिका वडानम्बर(२ पल्लिकोटको रातापानी भन्ने ठाउमा लु १ क ४७७१ नम्बरको जेसीबी डोजर दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर जेसीबी डोजर चालक दाङ जिल्ला शान्तिनगर गाउँपालिका वडानम्बर – १ निवासी ३३ वर्षका यज्ञ वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक ९डिएसपी ० माधवराज खरेलले बताए ।

जेसीबी डोजर गएराती छत्रकोटको रातापानी भन्ने स्थानबाट लुम्छातर्फ आउने क्रममा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेको जेसीबी डोजर सडकबाट करिब ५ सय मिटर तल खसेको छ । जेसीबी बिहीबार राति दुर्घटनामा परेपनि स्थानीयले शुक्रबार बिहान ९ बजेतिर देखेर प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थानमा इलाका प्रहरी चौकी रिडिका प्रहरी निरीक्षक यमलाल बन्जाडेको कमाण्डमा टोलि खटिएको थियो । घटना स्थलमा प्रहरी पुग्दा चालक मृत अवस्थामा फेला परेका थिए ।

प्रकाशित मिति : २०७९, २७ जेठ शुक्रबार ००:००  १२ : २५ बजे