२०८२, २५ माघ शनिबार | Sat Feb 7 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री देउवालाई भेट्न लोसपा अध्यक्ष ठाकुरसहित नेता पुगे बालुवाटार



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहित नेताहरू बालुवाटार पुगेका छन्।

प्रधानमन्त्री देउवासँग कुराकानी गर्न अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतोसहित लोसपा नेताहरू आज बिहान बालुवाटार पुगेका हुन्।

नेतारकार्यकर्तालाई लगाइएका मुद्दा फिर्ता, नागरिकता विधेयक, समसामयिक राजनीतिक घटनाक्रम लगायतबारे उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ।

साथै प्रधानमन्त्री देउवाले आइतबार नागरिकता विधेयक अघि बढाउने संकेत गरेका थिए। जसपा सांसद प्रदीप यादव सहितको टोलीसँगको भेटमा प्रधानमन्त्री देउवाले ढिलोमा एक सातामा नागरिकता विधेयक पारित हुने बताएका थिए।

यसैबीच लोसपालाई सरकारमा ल्याउन प्रधानमन्त्री देउवाले गृहकार्यसमेत गरेका थिए। प्रतिनिधि सभामा लोसपाका १३ सांसद छन्। लोसपालाई आगामी संघीयरप्रदेश चुनावमा सत्ता गठबन्धनसँग तालमेल गर्ने गरी छलफल गरिएको स्रोतको दाबी छ।

प्रकाशित मिति : २०७९, ३० जेठ सोमबार ००:००  १० : ५२ बजे