२०८३, ३१ भदौ बुधबार | Wed Sep 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘कबड्डी ४’ बन्यो सबैभन्दा धेरै कमाउने नेपाली फिल्म, १६ दिनमा २० करोड क्रस



काठमाडौं । ‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ क्रस कमाएको छ ।

यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी क्रस कलेक्सन छ । आइतबारको विवरण आउन बाँकी छ ।

फिल्मले दोस्रो सातासम्म १८ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको थियो । यो कमाइसँगै फिल्मले सबैभन्दा धेरै कमाउने ‘छक्कापञ्जा ३’को कीर्तिमान पनि तोडेको छ । दीपकराज गिरीको उक्त फिल्मले पनि २० करोड कमाइ गरेको जनाइएको छ ।

भारतीय फिल्म ‘बाहुबली २’ को कुल कमाइ नेपालमा २३ करोड जनाइएको छ । भारतीय फिल्मको यो कीर्तिमानलाई पनि ‘कबड्डी ४’ले उछिन्ने प्रक्षेपण छ ।

‘कबड्डी ४’ शुक्रबारदेखि भारतमा पनि प्रदर्शन हुँदैछ ।

प्रकाशित मिति : २०७९, ३० जेष्ठ सोमबार ००:००  १२ : ३५ बजे