२०८२, १६ चैत्र सोमबार | Tue Mar 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फट्के तर्दा सेती नदीमा खसेर मृत्यु



काठमाडौं। डोटीमा फट्के तर्ने क्रममा सेती नदीमा खसेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ ।

रोपाईं गर्नका लागि नदी पारी रहेको खेतमा जान खोज्दा आदर्श गाँउपालिका(६ की १८ वर्षीया ढुल्लु अधिकारीको फट्केबाट नदीमा खसेर मृत्यु भएको स्थानीय वीरबहादुर थापाले जानकारी दिए ।

नदीमा खसेकी उनको शव फट्के नजिकै फेला परेको थापाले बताए । स्थानीयबासिन्दाका अनुसार गत मंसिरमा विवाह गरेकी उनी गर्भवति थिइन् । उनका श्रीमान् रोजगारीको लागि भारतमा छन् ।

पोहोर कात्तिकमा सेतीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानीयबासिन्दाले अस्थायी फट्के हालेर ओहोरदोहोर गरिरहेका छन् । गत हप्ता पनि यहाँबाट खसेर एक जना गम्भीर घाइते भएका थिए ।

प्रकाशित मिति : २०७९, २ असार बिहीबार ००:००  ५ : ०३ बजे