२०८३, ९ असार मंगलबार | Tue Jun 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्जिनियरिङ पढ्ने विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला



काठमाडौं।इन्जिनियरिङ पढ्ने एक विद्यार्थी त्रिपुरेश्वरको निर्माणाधीन भवनमा मृत फेला परेका छन् । थापाथली इन्जिनियरिङ कलेजमा अध्ययनरत २२ वर्षीय अभिशेष जैसवाल सोमबार मृत भेटिएका हुन् ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतलामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि निर्माणाधिन घरको छतबाट खसेको उनको मृत्यु भएको आशंका गरिएको छ ।

घटनाबारे उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी परिसर काठमाडौंले अनुसन्धान गरिरहेका छन् ।

प्रकाशित मिति : २०७९, २ असार बिहिबार ००:००  ५ : १६ बजे